८ माघ, काठमाडौं । पर्यटन विभागले मंगलबार दामनको एक रिसोर्टमा आठ जना भारतीयको मृत्यु भएको घटनाको सत्यतथ्य बुझ्न छानबिन समिति गठन गरेको छ ।
विभागको होटल शाखाले बुधबार सूचना जारी गरेर घटनाबारे बुझ्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको जनाएको छ । समितिमा विभागको होटल शाखाका निर्देशक संयोजक रहनेछन् ।
यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र होटल संघ नेपालका एक(एक प्रतिनिधि, पर्यटक प्रहरीका प्रहरी निरीक्षक सदस्य रहनेछन् भने समितिका सदस्य सचिव होटल शाखाका शाखा अधिकृत रहेका छन् ।