कविता : हिउँद

११ माघ ७६, आइतबार

 

  – अर्जुन चापागाईं                       हालः दोहा, कतार

आज चिसो भयो
दिन र रातका लम्बाईहरु
सदाझैं रहदै गर्दा पनि
चिसिए हात गोडा
चिसियोे मन मस्तिष्क
चिसिएका सम्बन्धहरु झैं
जीवनको उत्तरी ध्रुबबाट
एक्लो र निरर्थक
बिगतका सपनाहरु देख्दै गर्दा
हिउँको थुप्रोमा निलो साइकल पुरिँदो छ
सुन्दर शान्त अनि शितल जूनको रापले
पगाल्दो छ हिउँलाई अनि बग्दैछ न्यसका अवयवहरु
लाग्छ भोलिको रापिलो सुर्योदय अगावै
उसले आफ्नो लक्ष्य प्राप्ति गर्नुछ
मिसाउनु छ यी भयङ्कर हिम पहाडहरुलाई
जर्जर अनि बिभत्स बागमतिहरुको धारमा ।
यहाँ यो लेख्दै गर्दा
कापेका छन मेरा हात
औंला च्यातिए र बाहिर निस्केको
भिखारिका पन्जाझैं थर्थराउदा छन्
मुर्तिवत छु म सबै भुलेर
होइन, सायद सबै सम्झेर
हिउँका राता पखेटाहरु
सायद ज्वाला हुन युद्धका
जो म, म आफैंसंग लडिरहेको छु ।
म त्यो पहिलो अनि एक्लो व्यक्ति कदापि होइन
जसले कठ्याँग्रियेका रुखहरुलाई सुन्यो, देख्यो
तिनको आवाज अनि दृश्य
मेरो भन्दा उच्च अनि भयावह छ।
सायद भविष्य,
एक सानो ज्वाला हो जसलाई
मैनबत्तीको धिपधिपबाट च्यातेर
निकाल्ने छु संसार चिहाउन
प्रयत्नरत रहनेछु नियाल्न
पहिले जल्नेछु म, अनि चेतना शुन्यतामा प्रश्न गर्छु
किन हरेक हिउँदहरु यति बिघ्न
चिसो, चिसो अनि अझै चिसो हुदै जान्छन् ।

                                                                   

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top