टिपरको ठक्करबाट सुर्खेतमा एक जनाको ज्यान गयो, वीरेन्द्रनगर तनावग्रस्त

टिपरको ठक्करबाट सुर्खेतमा एक जनाको ज्यान गयो, वीरेन्द्रनगर तनावग्रस्त

१४ माघ, सुर्खेत । टिपरको ठक्करबाट सुर्खेतमा एक जनाको ज्यान गएको छ । मंगलबार बिहान वीरेन्द्रनगरको मुख्य सडकमा गौतम चोक नजिकै भे १ ख २२४२ नम्बरको टिपरले भे १ प २१७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक केशर सिंहको मृत्यु भएको हो ।

पश्चिम दिशाबाट पूर्वतर्फ आइरहेका कालिकोटको महावै गाउँपालिका–३ डिल्लीकोटका सिंह सवार मोटरसाइकललाई सोही दिशाबाट आइरहेको टिपरले ठक्कर दिएको हो ।

प्रत्यक्षदर्शीका अनुसार टिपरले सिंहलाई किचेर करिब २० मिटरसम्म घिसारेको थियो । प्रहरीले टिपर चालक र टिपरलाई नियन्त्रणमा लिएको छ । दुर्घटनापछि वीरेन्द्रनगर तनावग्रस्त बनेको छ ।

मुख्य सडकको गौतम चोक, यरीचोक र मंगलगढी चोकमा मृतकका आफन्तले टायर बालेर प्रदर्शन गरिरहेका छन् । आफन्तले टिपर र चालकलाई आफ्नो रोहबरमा नल्याएसम्म लास नबुझ्ने भन्दै सडक बन्द गराएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.