×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रधानमन्त्रीले केही दिनभित्रै सरकारका आवश्यकता र दृष्टिकोण सार्वजनिक गर्ने

१४ माघ २०७६

१४ माघ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

नवनिर्वाचित सभामुखको अध्यक्षतामा बसेको प्रतिनिधिसभाको पहिलो बैठकलाई मंगलबार सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले जनताको सर्वोच्च प्रतिनिधिसंस्था संसदको प्रतिनिधिसभाको सभामुख जस्तो गरिमामय पदमा निर्वाचित भएकोमा सफल कार्यकालयको हार्दिक बधाई र शुभकामना दिएका हुन् ।

Advertisement
Advertisement

उनले संसदले पूरा गर्नुपर्ने भूमिकालाई प्रभावकारी ढंगले अघि बढाउन संसद संचालनको गहन अभिभारा काँधमा आएको भन्दै सो अभिभारामा सफलता मिलोस् भन्ने कामना गरे । उनले कानुन र नियम संगत ढंगले संसदलाई मर्यादित ढंगले अघि बढाउने विश्वास व्यक्त गर्दै सरकारले सभा संञ्चालनमा पूर्ण सहयोग रहने पनि प्रतिवद्धता जनाएका छन ।

सर्वसम्मति सभामुख चयन हुने वातावरण निर्माण हुनु सकारात्मक संकेत भएको भन्दै उनले प्राथमिकता निर्धारण गर्ने सवालमा विचार गरेर अघि बढ्नुपर्ने तथा समाजको पनि मेलमिलापयुक्त चरित्र बोकेकाले संघर्षका उपलब्धिको टुंगो पनि मेलमिलापयुक्त ढंगबाटै गर्नुपर्ने उल्लेख गरे ।

दलहरुबीचको एकता नभएको समयमा विभिन्न प्रतिगामी कदमहरु हुने गरेको विगतका घटना स्मरण गर्दै उनले एकबद्ध भएर मुलुकको एजेण्डा र विकासलाई शुसासन तर्फ केन्द्रीत गर्नुपर्ने जरुरी रहेको बताए । कानुनको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको भन्दै आग्रह,पुर्वाग्रह र अनावश्यक बहसमा अल्झन नहुने टिप्पणी गरे ।

विज्ञान, प्रविधि र कनेन्टीभिटीको दृष्टिमा दुनिया तिब्र गतिमा अगाडि बढेको त्यो गतिलाई समाउन नसक्ने हो भने समय खेर जाने भन्दै उनले विकासको गतिलाई समाउन सक्ने गरि अघि बढ्न सबैलाई आव्हान गरे ।

Advertisement

उनले केही दिनपछि आफुले आजको आवश्यकता र समसामयिक विषय बारे नेपाल सरकारको दृष्टिकोण राख्ने पनि जानकारी गराए । उनले भ्रमण बर्ष २०२० को सुरुमा नै प्राकृतिक दृष्टिले केही धक्का महसुस भएको भन्दै त्यसलाई सावधानीपुर्वक समाधान गर्ने तयारीमा सरकार लागेको बताए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top