केरुङबाट फर्किएकी एक महिलामा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का

केरुङबाट फर्किएकी एक महिलामा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का

१६ माघ, रसुवा । चीनको केरुङबाट फर्किएकी २४ वर्षीया एक महिलामा कोरोना भाइरसको सङ्क्रमण भएको आशङ्का गरिएको छ ।

उपचारका लागि बिहीबार बिहान जिल्ला अस्पताल रसुवा पुगेकी ती महिलामा कोरोना भाइरसको लक्षण देखिएकाले आशङ्का गरिएको अस्पतालले जनाएको छ ।

सङ्क्रमण भएको आशङ्कामा आइसुलेसन कक्षमा राखेर उपचार गरिरहेको अस्पतालका मेडिकल सुपरिन्टन्डेन्ट डा‍. अनिलकुमार खरेलले बताए ।

ती महिला केरुङबाट गएको माघ २ गते नेपाल आएकी थिइन् । अस्पतालमा कोरोनाको आशङ्का गरिएका बिरामी आएमा छुट्टै कक्षमा राखेर उपचार गर्ने व्यवस्था गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.