१८ माघ, काठमाडौँ ।
पछिल्लो समय एक पछि अर्को गर्दै नेपाली अभिनेत्रीहरूले विवाह गरिरहँदा अर्की अभिनेत्री आँचल शर्माको पनि विवाह हुने पक्का भएको छ । केही समय यता प्रेममा रहेकी उनी प्रेमी उदिप श्रेष्ठसँग वैवाहिक जीवनमा बाँधिँदै छिन् ।
उनको यही फागुनको अन्तिम अर्थात् २५ देखी २७ को बिचमा विवाह हुने बुझिएको छ । उनले शुक्रवार आफ्नो परिवारसँग हुनेवाला दुलही भन्दै केक काटेकी छिन् ।
केही समय यता आँचल र उदिपको प्रेमको बारेमा चर्चा चलिरहेको थियो । तर यस विषयलाई उनले खुलेर स्वीकार गरेकी थिइनन् । यसअघि भर्खरमात्रै अभिनेत्री प्रियंका कार्कीको विवाह मिति पक्का भएको थियो ।