नवनिर्वाचित सभामुखले गरे देशभक्तिका कुरा

नवनिर्वाचित सभामुखले गरे देशभक्तिका कुरा

१९ माघ, काठमाडौँ ।
सभामुख अग्निप्रसाद सापकोटाले देश भक्ति र सदाचारमा कहिल्यैपनि सम्झौता नगर्ने बताएका छन् ।

आइतबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सभामुख सापकोटाले आफ्नो जिन्दगीको सबैभन्दा महत्वपूर्ण कुरा नै देश भक्ति र सदाचार रहेकाले आफुले त्यसमा कहिल्यैपनि सम्झौता गर्न नसक्ने बताएका हुन् । उनले संसदलाई प्रभावकारी बनाउनु सबै सांसदहरुको सहयोगको अपेक्षा गरेको बताए ।

बैठकमा सांसद माधवकुमार नेपाले आन्दोलनका अनेक जटिलताहरुलाई पार गर्दै सफलताको विन्दुमा मुलुकलाई पु¥याउन भूमिका खेल्नुभएका व्यक्ति सभामुख बन्नुभएको भन्दै शुभकामना व्यक्त गरे ।

सांसद दिव्यमणि राजभण्डारीले जनताको सेवा गर्नुपर्छ भन्ने भावना भएको व्यक्ति सभामुख चयन हुनुभएको भन्दै संसदको गरिमालाई कायम राख्न सफल हुने विश्वास व्यक्त गरे ।

सांसद भिमवहादुर रावलले लोकतान्त्रीक मान्यता र उपलब्धीलाई रक्षा गर्ने र देशलाई समृद्ध बनाउने पक्षमा सभामुखको भूमिका रहने विश्वास व्यक्त गरे ।उनले भने ‘‘नवनिर्वाचित सभामुख माननिय अग्निप्रसाद सापकोटाले जहिले पनि यो अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राष्ट्रिय हितलाई सर्वोपरि राख्ने जनताले आन्दोलनबाट स्थापित गरेको लोकतान्त्रिक मान्यता र उपलब्धिलाई रक्षा गर्ने र त्यसलाई समृद्ध बनाउने आगामि दिनहरुमा नेपालको भविश्य झनै उच्यालो होस भनेर निरन्तर यसमा चिन्तनशिल, कृयाशिल र चिन्तित रहेको मैले पाए । यस्तो व्यक्ति प्रतिनिधि सभाको सभामुख पदमा रहदा वहाले खेल्न पाउने, खेल्न सक्ने भूमिकाबाट अघि मैले चर्चा गरेको दिशा तर्फ निरन्तर अगाडी बढिरहने छ भन्ने विश्वास गरेको छु ।’’

सभामुख सापकोटा यसअघि संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सदस्य थिए । त्यसैले समितिले आफ्नो सदस्य सभामुखमा निर्वाचित भएपछि आइतबार बधाई तथा शुभकामना दिन बैठक बोलाएको थियो । सापकोटा यही माघ १२ गते सभामुखमा निर्विरोध निर्वाचित भएका हुन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.