१९ माघ, काठमाडौँ ।
चीनको वुहान प्रान्तबाट नेपाल फर्कन १७५ जनाले फारम भरेका छन् । उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी एक/ दुई दिनभित्रै नेपाल फर्काइने बेइजिङस्थित नेपाली दूताबासले जनाएको छ ।
चीनमा कोराना भाइरसको प्रकोप फैलिएपछि दूताबासले शनिवार एक सूचना जारी गरी नेपाल फर्कन चहानेले आइतबार विहान ९ : ०० बजेसम्म फारम भर्न समय सीमा तोकेको थियो ।
बुहानमा श्रम स्वीकृति लिएर काम गरीरहेका दश जना अन्य विद्यार्थी गरी करीब २०० जना नेपाली रहेको अनुमान गरिएको बेइजिङस्थित दूवाबासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालले बताए । त्यस मध्ये केही चीनको नयाँ वर्षको विदा परेका कारण नेपाल नै गएको हुन सक्ने बताए।
नियोग उपप्रमुख लम्सालले भने “हामीले करीब १८८ जनाको सूची तयार गरेका थियौं । त्यसमा १७५ जनाले फारम भर्नुभएको छ । अब प्रक्रिया पूरा गरी उहाँहरूलाई फिर्ता गछौं ।”