नेकपा बैठक : एमसीसी अध्ययन गर्न कार्यदल गठन

नेकपा बैठक : एमसीसी अध्ययन गर्न कार्यदल गठन

१९ माघ, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ ।

केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदल गठन गर्ने घोषणा गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलमा स्थायी कमिटी सदस्यहरु भीम रावल र प्रदीप ज्ञवाली सदस्य छन् ।

खनालको नेतृत्वमा कार्यदल बनाउने प्रस्ताव आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ल्याएको थियो । सचिवालयले ल्याएको प्रस्ताव केन्द्रीय कार्यसमितिको राष्ट्रियसभा गृहमा बसेको बैठकले पारित गरेको हो ।

कार्यदललाई १० दिनको समय दिइएको छ । कार्यदलका सदस्य रावलले एमसीसीबारे प्रश्न उठाउँदै आएका थिए भने परराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले संसदबाट अनुमोदन गर्नुपर्नेमा जोड दिँदै आएका छन् ।

केन्द्रीय कार्यसमिति बैठकमा भने बहुसंख्यक नेताहरुले एमसीसी सम्झौता परिमार्जन नगरी पास गर्न नहुने बताएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.