संघीय यातायात ऐनको मस्यौदामा समेटिए टुटल र पठाओ

१९ माघ, काठमाडौं । संघीय यातायात ऐनको मस्यौदामा टुटल र पठाओ जस्ता राइड सेयर कम्पनी समेटिएका छन् ।

यातायात व्यवस्था विभागले केही दिन अगाडि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको संघीय ऐनको मस्यौदा राइड सेयरलाई पनि सम्बोधन गरिएको विभागका निर्देशक बन्धु बास्तोलाले जानकारी दिए।

मस्यौदा संसदबाट पारित भएपछि यातायात व्यवस्था विभागले कार्य्विधी बनाएर नियमन गर्ने भनेर प्रस्ताव गरेको उनले जानकारी दिए।

Advertisement

राईड सेयर यातायात ऐनमा समेटिनु राम्रो भएपनि यो भन्दा पहिले मध्यस्तकर्ता सम्बन्धी ऐन बन्नु पर्ने पठाओका क्षेत्रिय निर्देशक अशिममान सिंह बस्न्यातले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top