अब नेकपाले दुई तिहाइ ल्यायो ल्यायो,कसैले रोकेर रोकिँदैन: प्रधानमन्त्री ओली

२१ माघ, काठमाडौँ । 

प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपालाई दुई तिहाइ ल्याउन कसैले नरोक्ने बताएका छन् ।

पार्टीको भ्रातृसंस्था अखिल नेपाल महिला संघको एकता घोषणा तथा केन्द्रीय समितिको शपथ ग्रहण समारोहमा ओलीले सरकारले विकास निर्माणलाई गति दिएकाले अर्को निर्वाचनमा दुई तिहाइ ल्याउनबाट नेकपालाई कसैले रोक्न नसक्ने बताए।सरकारले केही गरेन भनेर फैलाउन खोजिएको भ्रमले असर नपर्ने प्रधानमन्त्रीले उल्लेख गरे। ‘म खुलारुपमा भन्न चाहन्छु, अब नेकपाले दुई तिहाइ ल्यायो, ल्यायो। कसैले रोकेर रोकिँदैन। रोक्नका लागि तयारी गर्नुछ भने लागे हुन्छ,’ उनले भने।

Advertisement

ओलीले पार्टीभित्र सबै नेताहरुलाई एकता र एकमतका साथ मुलुकको समृद्धिको लक्ष्य लिएर बहुमत र को अल्पमतमा भन्नेतिर नलागी न्यायपूर्ण र समतामूलक समाज निर्माणमा लाग्न आग्रह गरे। पार्टीबाट सबै निर्णय एकता र सहमतिका साथ गरिएको उनले बताए। बहुमत र अल्पमतमा भन्ने खुद्रामसिना कुरामा पार्टीको ध्यान नरहेको ओलीको भनाइ छ।

ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गरे। नेकपाले नै संघर्ष गरेर हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता स्थापित गरेको उल्लेख गरे। पार्टीका महिला नेता कार्यकर्तालाई आफ्नो संगठन नै बलशाली ठानेर यसैबाट परिवर्तन र रुपान्तरण सम्भव छ भनेर लाग्न जोड दिए।आफूले पछिल्लो समयमा नेतृत्व गरेको सरकारका राम्रा कामको केही झलक पार्टीको दोस्रो केन्द्रीय समितिको पूर्ण बैठकमा प्रस्तुत गरेको उनले बताए।

Advertisement

त्यसलाई अध्ययन गरी प्रचार गर्न महिला नेत्रीलाई ओलीले आग्रह गरे। छाउपढी जस्ता कुप्रथा अन्त्यका लागि मन मस्तिष्कदेखि लाग्नुपर्ने आग्रह गर्दै ओलीले विद्रोह र संघर्षलाई सही बाटोबाट रुपान्तरणमा ल्याउन आवश्यक रहेको पनि उनको भनाइ छ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top