२१ माघ, बिराटनगर ।
विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले ठूलो रकम खर्चेर सुविधासम्पन्न कलेज भवन निर्माण गर्ने भएको छ । २ अर्बको लागतमा स्तरीय कलेज भवन निर्माण गर्न लागिएको नोबेलले जनाएको छ ।
कञ्चनवारी स्थित कलेज परिसर भित्र निर्माण हुँने भवनमा सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय, चमेनागृह लगायत रहनेछन् । त्यस्तै १ हजार जना अट्ने क्षमताको अडियोटोरियम हलसमेत रहनेछ । आगामी दुई बर्ष भित्र भवन निर्माण सम्पन्न हुने नोबेल मेडिकल कलेजका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिए ।
९ तला बन्ने उक्त भवन २ लाख २४ हजार स्क्वायरफिटको हुँनेछ । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिन र डिफार्म संकायमा करिव २ हजार विद्यार्थी अध्ययनरत छन् । नोबेलले अूपताmपरिसरमा ३२ करोडको लागतमा अन्तर्राष्ट्रिय स्तरको बगैंचा र पार्किङ पनि निर्माण गरिरहेकोछ ।