नेपाली कांग्रेसले आजपनि संसद् बैठक अवरुद्ध गर्ने

नेपाली कांग्रेसले आजपनि संसद् बैठक अवरुद्ध गर्ने

२४ माघ, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा संसदीय दलका उपनेता विजयकुमार गच्छदारमाथि अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको विरोधमा शुक्रबार पनि प्रतिनिधिसभा अवरुद्ध गर्ने भएको छ ।

कांग्रेस संसदीय दलको शुक्रबार बिहान बसेको बैठकले सदन अवरुद्ध गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिए। संसदीय दल बैठकमा गच्छदारले आफूलाई फसाइएको बताएका थिए।

कांग्रेसले अख्तियार सत्ताको लाचार छाया बनेको आरोप पनि लगाएको छ। बैठकमा आफ्ना कुरा राखेर सदन अवरुद्ध गर्ने निर्णय गरेको खाणले बताए। कांग्रेसले प्रतिनिधिसभाको बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो । आज शुक्रबार प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि डाकिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.