चिनियाँ राष्ट्रपतिद्धारा कोरोना भाइरस उपचार केन्द्रहरुको निरीक्षण

२७ माघ, एजेन्सी ।
चीनमा प्राणघातक कोरोना भाइरसको सङ्क्रमणको आशङ्का गर्दै उपचार गराइरहेका स्थानहरुमा चिनियाँ राष्ट्रपति सि चिनफिङले निरीक्षण गरेका छन् ।

उनले बेइजिङमा स्वास्थ्य विभागले कोरोना भाइरसको सङ्क्रमणको उपचारमा लागि सञ्चालन गरिरहेका स्थानहरुको सोमबार निरीक्षण गरेको समाचारमा जनाइएको छ ।

सिले बेइजिङको चाओयाङ जिल्लाको अनहुली समुदायका नागरिकका लागि कोरोना भाइरसको उपचारका लागि बनाइएका रोग निवारण तथा उपचार केन्द्रहरुको पनि निरीक्षण गरी ती स्थानमा अपनाइएका उपचार पद्दतिको बारेमा पनि जानकारी लिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top