कांग्रेस सांसद् भन्छन् – जनताले ‘समृद्ध नेता, दुःखी नेपाली’को महसुस गरिरहेका छन्

२९ माघ ७६, बुधबार
Share this
767shares

२९ माघ, काठमाडौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिन बहादुर विश्वकर्माले सरकारले समृद्ध नेपाल सुखी नेपालीको लोकप्रिय नारा अघि सारेको भएपनि जनताले समृद्ध नेता, दुःखी नेपाली को महसुस गरिरहेको बताएका छन् ।

Advertisement

उनले सुखी नेपाली हुनलाई तीन करोड जनता, सबै जाति, धर्म, र लिंगका मानिसहरु सुखी हुनुपर्ने उल्लेख गर्दै उनले दलित अयोग, दलित विकास समितिहरुलाई विघटन गर्ने निष्कर्षमा सरकार जानु दुःख भएको बताए ।

बुधबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले भने, ‘दलितका कुरा व्यापक रुपले गर्ने तर दलितका संस्थाहरु दलितको उत्थान र विकासका लागि सरकार नकारात्मक हुँदै जाने र लोकसेवा आयोगको कोटाहरु काट्दै जाने काम भएको छ ।’

Advertisement

पाँचथरको कुम्मायक गाउँपालिका अध्यक्षले आफ्नो अधिकारको दुरुपयोग गर्दै दलित परिवारमाथि ज्यादती गर्दा पनि प्रहरी उजुरी लिन नमानेको उल्लेख गर्दै उनले आदर्शका कुरा नभएर पीडकलाई पक्राउ गरि कानूनी दायरामा ल्याउन सकारसँग माग गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top