कोरोना भाइरसका कारण चीनको हुबेईमा बुधबार मात्रै २४२ जनाको मृत्यु

१ फागुन, एजेन्सी । चीनको हुवेईमा बुधबार कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमितको संख्या एक्कासी बढेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार बिहान जनाएअनुसार बुधबार मात्रै हुबेईमा कम्तीमा २४२ जनाको मृत्यु भएको छ ।

गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्यु हुनेको यो सबैभन्दा ठूलो संख्या हो । योसंख्या मंगलबारको भन्दा दोब्बर हो । मंगलबार ९४ जनाको मृत्यु भएको थियो ।

त्यस्तै मंगलबारभन्दा बुधबार संक्रमित हुनेको संख्या करिब १० गुणाले बढेको छ । बुधबार थप १४ हजार ८ सय ४० मा कोरोना भाइरसको संक्रमण देखिएकोस्वास्थ्य आयोगले जनाएको छ ।

बुधबारदेखि चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिरामीको अवस्था निर्धारणको मापदण्डमा परिवर्तन गरेकाले एकैदिन संक्रमितको संख्या बढेको हो । उपचार छिटो होस् भनेर प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएकालाई पनि संक्रमितको सूचीमा राखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।

हुबेईमा मात्रै संक्रमितको संख्या ४८ हजार नाघेको छ ।हुबेईमा ३३ हजार ६ सय ९३ जना अस्पताल भर्ना भएको र तीमध्ये एक हजार ४ सय ३७जनाको अवस्था गम्भीर रहेको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।

हुबेईसहित चीनका विभिन्न प्रान्तमा गरी ५९ हजारभन्दा बढीसंक्रमित छन् भने विश्वका दुई दर्जनभन्दाबढी मुलुकमा ५ सयभन्दा बढी संक्रमित छन् ।

त्यस्तै करिब ६ हजार जना उपचारपछि निको भएको चिनियाँराष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।मृत्यु हुने एक हजार तीन सय ६३ मध्ये चीनबाहिर फिलिपिन्स रहङकङका एक–एक जना छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top