×

NEPAL TIMES UPDATES

Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026

अन्तर्राष्ट्रिय मामिला हेर्न संसदीय समितिले बनायो छुट्टै डेस्क

१ फाल्गुन २०७६

१ फागुन, काठमाडौँ ।
संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अन्तर्राष्ट्रिय मुलुक र संघसंस्थालाई हेर्नका लागि छुट्टाछुट्टै डेस्क निर्माण गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले अन्तर्राष्ट्रिय व्यक्तित्वहरुसँग छलफल र समन्वयन गर्न सहज होस भन्ने उद्देश्य र एकरुपता कायम गर्न छुट्टाछुट्टै डेस्क निर्माण गरेको हो ।

बैठकमा समितिका सभापति पवित्रा निरौला (खरेल)ले सार्क राष्ट्र हेर्ने डेस्कमा तीनजना सदस्य रहने, चीन, मङ्गोलिया, दक्षिण कोरिया, उत्तर कोरिया, जापान, ताइवान हेर्ने डेस्कमा तीनजना, आशियान मुलुकलाई हेर्ने डेस्कमा तीन जना, अफ्रिका, युरोपियन युनियन र उत्तर अमेरिका हेर्ने डेस्कमा तीन तीनजना र अन्तर्राष्ट्रिय संघसंस्था तथा संस्कृति पर्यटन तथा नगारिक उड्डयान मन्त्रालय र परराष्ट्र मन्त्रालय हेर्ने डेस्कमा तीन तीन जना सदस्य रहनेगरी डेस्क निर्माण गर्न लागिएको बताइन् । उनले विदेशबाट राजदूतहरु आउने र अन्तर्राष्ट्रिय सम्बन्ध समितिसँग छलफल भइराख्नुपर्ने अवस्थामा सँधै सभापतिले मात्रै भेटघाट गर्ने स्थितिको अन्त्य गर्न र सम्बन्धित डेस्कले छलफल गर्दा बढी प्रभावकारी हुने भएकाले डेस्क निर्माण गर्नुपरेको बताइन् ।

Advertisement
Advertisement

त्यस्तै समितिले वार्षिक कार्ययोजना समेत नयाँ बनाउनुपर्नेमा जोड दिएको छ । समितिका कार्यहरु थपिएकाले कार्ययोजना नयाँ बनाउनुपर्ने अवस्था आएको उनले बताइन् । त्यस्तै यसअघि समितिले सबै विषयमा गम्भिर छलफल गरी सरकार तथा मन्त्रालयहरुलाई निर्देशन दिएपनि केही गम्भिर विषयहरुको जवाफ नआएको उनले बताइन् । तरागाउँ विकास समितिको सम्बन्धमा २÷३ पटकसम्म छलफल गरी निर्देशन दिएपनि अहिलेसम्म त्यसको जग्गा र शेयरको विषयमा देखिएको विवादको कुनै जानकारी नआएको उनले बताइन् ।

Advertisement

त्यस्तै वाइडबडी, न्यारोबडी, र चाइनिज जाहाजका सन्दर्भमा ३÷४ पटक सम्म समय थप गरेर मेहनतपुर्वक अनुसन्धान गरी रिपोर्ट दिइएको भएपनि अहिलेसम्म भएको कारबाहीको जानकारी नआएकाले यस्ता कार्यहरुको प्रभावकारीताका लागि कार्ययोजना बनाउनुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरिन् ।सभापति निरौलाले विदेशी मुलुकहरुमा कुनैपनि समितिमा आवद्ध रहेका सांसदहरु विदेश भ्रमणमा जानुपर्ने भएमा अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा जानकारी गराएर मात्र जानुपर्ने र एक वर्षमा १÷२ पटक मात्र विदेश भ्रमणमा जान पाउने व्यवस्था हुने गरेको उल्लेख गर्दै नेपालमा पनि त्यस्तै व्यवस्था निर्माण गर्न छलफल गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।

भर्खरको समाचार

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top