ए डिभिजन लिगः न्युरोड टिमलाई हराउँदै हिमालयन शेर्पा विजयी

ए डिभिजन लिगः न्युरोड टिमलाई हराउँदै हिमालयन शेर्पा विजयी

२ फागुन, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा शुक्रबार पहिलो खेलमा हिमालयन शेर्पा क्लबले न्युरोड टिम(एनआरटी) लाई २(१ गोल अन्तरले पराजित गरेको छ ।

३१ औं मिनेटमा राजेश परियारले गोल गर्दै एनआरटीलाई सुरुवाती अग्रता दिलाए । उनले एकल प्रयासमा पेनाल्टी बक्सबाहिरबाट गोल गर्न सफल भएका थिए ।

४१ औं मिनेटमा हिमालय शेर्पाका स्टेफेनले गोल गर्दै खेललाई १-१ गोलको बराबरीमा ल्याए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा त्रिदेव गुरुङले गोल गर्दै शेर्पालाई २-१ को अग्रता दिलाए ।

त्यसपछि थप गोल निस्कन नसक्दा शेर्पा २-१ ले बिजयी भएको हो । योसँगै हिमालयन शेर्पा १३ खेलमा १४ अंकका साथ १० औं स्थानमा उक्लिएको छ । एनआरटी १३ खेलमा १५ अंकका साथ नवौं स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.