मुस्लिम समुदायको धार्मिकसभा अन्तर्राष्ट्रियकरण नगर्ने सर्तमा दियो अनुमति,तेस्रो मुलुकबाट आएकालाई फर्काइँदै

२ फागुन, काठमाडौं । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा हुने भनिएको मुसलमान समुदायको धार्मिक सम्मेलन गर्नलाई गृह मन्त्रालयले अनुमति दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार इस्लामिक सम्मेलनलाई अन्तर्राष्ट्रियकरण नगर्ने सर्तमा कार्यक्रम गर्न गृह मन्त्रालयले अनुमति दिएको छ । नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिम समुदायसमेत सम्मेलनमा सहभागी हुन आएको भन्दै गृह मन्त्रालयले बिहीबार उक्त सम्मेलनमा रोक लगाएको थियो ।

माघ ६ गते सम्मेलनका लागि अनुमति दिँदा नै सम्मेलनलाई अन्तर्राष्ट्रियकरण नगर्ने सर्त राखिएको प्रवक्ता शर्माले बताए । सम्मेलनमा विदेशी नागरिकहरु पनि भेला हुन थालेपछि सम्मेलनको जिम्मा लिएको संवैधानिक निकाय मुस्लिम आयोगलाई पत्राचार गरी सर्त पालना नभएको भन्दै सम्मेलन रोक्न पत्राचार गरिएको थियो ।

इज्तिमा आयोजक समितिका संयोजक मोहम्मद गफुरले बंगलादेश र पाकिस्तानवाट आएका धर्मगुरु र सहभागीहरुलाई फर्काइने बताए । उनले ती मुलुकबाट कति संख्यामा धर्मगुरु र सहभागी आएका छन् त्यसको तथ्यांक संकलन गरिरहेको जानकारी दिए ।

सप्तरीका सुरक्षा अधिकारीहरुका अनुसार सम्मेलनमा पाकिस्तान, बंगलादेश, कतार, दुबई र मलेसियालगायतका देशबाट समेत सहभागीहरु आएका छन् । सयभन्दा बढी संख्यामा आएका विदेशी सहभागीहरुलाई तत्काल फर्काउन प्रशासनले आयोजकलाई आग्रह गरेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top