मानव अधिकार आयोगद्वारा कुवेत घटनाबारे सरकारसंग जानकारी माग

मानव अधिकार आयोगद्वारा कुवेत घटनाबारे सरकारसंग जानकारी माग

२ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कुवेतमा ढिस्कोले पुरिएर मृत्यु तथा घाइते भएका नेपालीको अवस्थाबारे सरकारसंग जानकारी मागेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेर घटनाको यथार्थ जानकारी गराउन भनेको आयोगका प्रवक्ता वेद भट्टराईले बताए ।

माघ २९ गते कुवेतमा ढिस्कोमा पुरिएर छ जना नेपालीको मृत्यु भएको समाचार आएका छन् । कति जना नेपाली घाइते भए भन्ने विवरण आएको छैन ।

आयोगले वैदेशिक रोजगारीमा गएका कामदारको सुरक्षा तथा मानव अधिकारको सुनिश्चितताका लागि दीर्घकालीन कार्ययोजना बनाउन पनि सरकारलाई आग्रह गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.