×

NEPAL TIMES UPDATES

Playing
पोप लियोलाई गा ली गरेपछि Trump ‘यशु’ बने.... || Nepal Times
Apr 14, 2026
Playing
शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छैन् कुनै डर|| Nepal Times
Apr 14, 2026
Playing
आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्व*स्त’ पारिदिने|| Nepal Times
Apr 14, 2026
Playing
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना,नयाँ सुरुआतको ढोका खुल्यो || Nepal Times
Apr 14, 2026
Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026

कांग्रेस नेताको विश्लेषण: सरकारको दुई वर्षे कार्यकाल पूर्ण रुपमा असफल

२ फाल्गुन २०७६

२ फागुन, काठमाडौं । राजनीतिक दलहरुले इतिहासकै शक्तिशाली सरकार भएपनि अपेक्षित काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

सरकार गठनको दुई बर्ष पुगेको सन्र्दभमा राजनीतिक दलहरुले सरकारको घोषणा र कार्यप्रगति पूर्ण रुपमा असफल रहेको प्रतिक्रिया दिएका हुन् । संसदमा झण्डै दुईतिहाईको समर्थन रहेको सरकारले समयको सदुपयोग गर्न नसकेको प्रतिक्रिया पनि उनीहरुले दिएका छन् ।

Advertisement
Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शक्तिशाली सरकार भएर पनि अपेक्षित कार्यप्रगति देखाउन नसकेको टिप्पणी गरे । बजेट खर्चको गति बढ्न नसक्नु, शुसासन कायम गर्नु नसक्नु र ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न दोषि पत्ता लगाउन नसक्नु तथा हत्या हिंसा लगायतका घटनामा संलग्न दोषीलाई कारवाही नहुनु लगायतले सरकारको असक्षमता देखाएको तर्क उनले गरे ।

उनले भने “सरकारको दुई बर्षको आर्थिक गतिविधिको बारेमा कुरा गर्दा निरासाजनक र आमजनताले सोच अनुसार काम गर्न सकेको छैन । ल एण्ड अर्डर र गुडगर्भनेन्सको कुरा गर्ने हो भने, सुनकाण्ड, वाईडवडी काण्ड, न्यारोवडी काण्ड देखि यती होल्डिङ्सलाई दिएको ट्रष्टको जग्गा देखि लिएर के देखिएको छ भने सारमा आर्थिक र गुडगर्भनेन्समा आफ्नो परफरमेन्स विल्कुलै देखाउन नसकेको देखाईरहेको छ ।”

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारले काम गरेर देखाउने राम्रो अवसर गुमाएको टिप्पणी गरे । राजनीतिक , प्रशासनिक आर्थिक, सामाजिक क्षेत्रमा धेरै संरचनागत परिर्वतन गर्न सक्ने हैसियतमा भएर पनि सरकारले काम गर्न नसकेको उनको तर्क थियो । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष भट्टराईले संविधान संशोधन, आमाको नामबाट नागरिकता उपलब्ध गराउने लगायत विषय सम्बोधन गरेर राजनीतिक क्षेत्र सुधार गर्न पनि सरकार पुर्णरुपमा असफल रहेको बताए ।

उनले संसदप्रति उत्तरदायी लोकपालको व्यवस्था गर्नुपर्छ भन्दै आएको तर त्यसो हुन नसकेको र भ्रष्टाचार नियन्त्रणको नाममा ‘ठूला लुकाउने साना कोट्याउने’ काम भएको टिप्पणी गरे । उनले सात महिना भित्र जम्मा १४ प्रतिशत मात्रै बजेट खर्च हुनुले अन्ततः असारे विकासलाई शक्तिशाली सरकार भएर पनि सुधार गर्न नसकेको देखिएको बताए । राष्ट्रिय जनता पार्टीका महिन्द्रराय यादवले सत्तारुढ दल नेकपा भित्रै पनि सरकारको काम प्रभावकारी नभएको भन्ने बहस भएबाट सरकारको काम प्रभावकारी नभएको स्पष्ट पारेको संक्षिप्त प्रक्रिया दिए ।

सरकारका मन्त्री भने सरकारले यो दुई बर्षमा असाधारण काम गरेको दाबी गर्छन् । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले इतिहासमै कसैले गर्न नसकेको काम सरकारले गरेको जिकिर गरिन । उनले भने “विभिन्न वेथितिलाई चिर्दै असाधारण उपलब्धि प्राप्त गर्ने गरी आफू अगाडि बढेको छ । इतिहासमा कसैले गर्न नसकेका कामहरु यो सरकारले गर्ने गरी आफ्नो पाईला अगाडि सारेको छ । धेरै महत्वपुर्ण सफलताको बर्ष भन्न पर्ने ठाउँमा हामी पुग्छौ ।”

Advertisement

उनले केही कामको परिणाम देखिएको र केही कामको परिणाम देखिन समय लाग्ने भन्दै सरकारको कार्यशैलीको वचाउ गरिन ।

भर्खरको समाचार

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

नव वर्ष २०८३ प्रारम्भ, कसरी सुरु भयो नयाँ वर्ष ?

670917966_952821104004574_2755406620104523389_n

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

Scroll to Top