×

NEPAL TIMES UPDATES

Playing
भारतले नेपाललाई दुःख दिन थाल्यो,नेपाली चिया रोक्यो,व्यापारिक कि कुटनीतिक ? || Nepal Times
May 20, 2026
Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026

लामो समयपछि ‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली

४ फाल्गुन २०७६

४ फागुन, काठमाडौँ ।
हाँस्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा फेरी एकपटक सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’लाई देखिने भएको छ । उनीहरुलाई धुर्मुस–सुन्तलीको परिचय दिलाएको ‘मेरी बास्सै’ मा लामो समय पछि दर्शकले धुर्मुसको उटपट्याङ र सुन्तलीको रमाइलो प्रस्तुति देख्न पाउने भएका हुन् ।

लामो समय यता अभिनय यात्रा रोकेर समाजसेवामा लागेका यो जोडीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’ को प्रचार प्रसारको लागी उनीहरू मेरी बास्सै सम्म पुगेका हुन् ।

Advertisement
Advertisement

मेरी बास्सैको सुटिङ सेटमा पुगेका धुर्मुस र सुन्तलीले विगतका दिनहरू सम्झँदै आफ्नो घर आफ्नो परिवारको साथमा फर्किँदा निकै खुसी भएको र आफूलाई विशेष आभास भएको बताउँछन् ।

उनीहरू भावुक हुँदै धुर्मुस सुन्तलीको पहिरन र त्यो घर आँगनले विगतका दिन हरू आँखामा ल्याइदिएको सुनाएका छन् । साथमा चम्सुरी सुन्तली कि आमा र दारी बाले पनि उनीहरू आउँदा निकै खुसी लागेको बताएका छन् । धेरै पछि मेरी बास्सैको सेटमा रौनक थपिएको उनीहरूको भनाइ छ ।

Advertisement
Advertisement

यही फागुन ९ बाट प्रदर्शनमा आउने चलचित्र गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण अभियानका लागि बनाइएको हो । चलचित्रको मुनाफाबाट आउने ५० प्रतिशत रकम रङ्गशालामा खर्च गरिनेछ । यस चलचित्रले राजनीति, सामाजिक संरचना, पारिवारिक द्वन्द्व र राजनीतिले कसरी एउटा व्यक्तिको व्यक्तिगत जीवनमा उतारचढाव ल्याउँछ भन्ने देखाउँछ । चलचित्रमा सीताराम कट्टेल र कुञ्जना घिमिरे श्रीमान् श्रीमतीको भूमिकामा छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top