×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

काठमाडौं उपत्यका अब ताररहित हुने ! तार भूमिगत बनाउने काम सुरु

५ फाल्गुन २०७६

५ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणालीमा प्रयोग गरिएको तारहरुलाई भूमिगत बनाउने काम सुरु गरिएको छ ।

काठमाण्डौ उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् । पहिलो चरणमा काठमाण्डौको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्र अन्र्तगतका विद्युतीय तारहरुलाई भूमिगत बनाउने काम सोमबार महाराजगञ्जबाट सुरु गरिएको हो ।

Advertisement
Advertisement

प्रधानमन्त्री ओलीले विद्युतीय वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यलाई ‘विकासको तिब्र गति ’ भनी टिप्पणी गरे । उच्चप्रविधियुक्त नया कामको थालनि भएको र त्यो कामका लागि काम नभई नया काम भएको भन्दै उहाँले यसले काठमाण्डौको सौन्र्दय बढाउने विश्वास व्यक्त गरे ।


उनले निर्धारित समयमा काम सम्पन्न गर्न पनि ठेकेदार कम्पनिलाई निर्देशन दिए । समयमा काम सम्पन्न गर्नेलाई पुरस्कृत र पुरा नगर्नेलाई दण्डित गर्ने कामको सुरुवात भईसकेकाले विगतको जस्तो ढिलासुस्ती गर्ने प्रवृति दोहोरिन नहुनेमा उनले सचेत गराए ।

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले उज्यालोलाई विश्वासिलो र भरपर्दो बनाउने नयाँ चुनौति संगै नया कामको सुरुवात भएको बताए । विद्युत् वितरण क्षेत्र र आधुनिकीकरणमा यसलाई विश्वसनिय र भरपर्दो बनाउने काममा भूमिगत तार व्यवस्थापन प्रणाली महत्वपूर्ण रहेको बताए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिरङले विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने कार्यले नेपाल सरकारको ‘डिजिटल नेपाल निर्माण’को अवधारणालाई साकार पार्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे । उनले भूमिगत कार्य गर्दा परम्परागत प्रविधि नभई होरिजेन्टल डाईरेक्सन ड्रिलिङ प्रविधि प्रयोग गरिने जानकारी दिए । उनले सडकमा सवारी साधनको आवागमन र पैदलयात्रुलाई असर नपर्ने गरी रातको समयमा काम गरिने र सो क्रममा क्षतिग्रस्त भएको सडक १० दिन भित्र मर्मत गरिसकिने बताए ।

प्राधिकरणका अनुसार पहिलो चरणमा महाराजगञ्ज वितरण केन्द्र अन्र्तगतको क्षेत्रहरु बालुवाटार, पानीपोखरी, बुढानीलकण्ठ, टोखा, गंगबू, सामाखुसी, महाराजगञ्ज, धापासी, बसुन्धारा, शिवपुरी , चुनीखेल, सुकेधारा, धर्मस्थली, टिचिंङ हस्पिटल लगायतका स्थानहरुमा करिब २ सय ५० किलोमिटर ११ हजार भोल्टेलको भूमिगत तार विछ्याईने छ ।

त्यसैगरी ४ सय भोल्टेजका ४ सय किलोमिटर अप्टिल फाइबर भूमिगत विछ्याईने छ । त्यसैगरी रत्नपार्क वितरण केन्द्र अन्र्तगतको क्षेत्रहरु रत्नपार्क, बागबजार, पुलतीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नयाँ बजार लगायत स्थानहरुमा करिब २ सय किलोमिटर ११ हजार भोल्टेजको भूमिगत लाईन तथा करिब ४ सय किलोमिटर ४ सय भोल्टेजको भूमिगत लाईन निर्माणको साथै करिब २ सय किलोमिटर अप्टिकल फाईबर भूमिगत विछ्याईने छ ।

विद्युत्को तारसंगै अप्टिकल फाइबर पनि बिछ्याइने भएकाले इन्टरनेट, दुरसञ्चार, केबल टेलिभिजन सेवा प्रदायकहरुले पनि सो अप्टिकल फाइबर प्रयोग गर्न सक्नेछन् । दोश्रो चरणमा काठमाण्डौका बाँकी स्थानहरुमा अप्टिकल फाईबर भूमिगत विछ्याईनेछ । भक्तपुर तथा ललितपुरमा पनि भूमिगत तार विछ्याउनका लागि खरिद प्रक्रिया अघि बढाईएको छ ।

उपत्यकाबाहिर कास्की जिल्लाके पोखरा महानगरपालिका तथा चितवनको भरतपुर महनगरपालिकाका मुख्य सडकहरुमा समेत विद्युत् वितरण प्रणाली भूमिगत गर्नका लागि अध्ययन गरी ठेक्का सम्झौता भई ठेकेदारबाट कार्य प्रारम्भ पनि भईसकेको छ ।

Advertisement

विद्युत् प्राधिकरणले देशै भरको थ्री फेज ग्राहकहरुको मिटर एक बर्ष भित्र स्मार्ट मिटरमा प्रतिस्थापन गर्ने बताएको छ । आगामी दिनमा क्रमैसंग मुलुकभरका ग्राहहरुके घरमा स्मार्ट मीटर जडान गरिने पनि प्राधिकरणले जनाएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top