×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विज्ञ भन्छन्– ‘नेपालको नक्सा जारी गर्न नसक्दा भारतले मिच्यो’

५ फाल्गुन २०७६

५ फागुन, काठमाडौँ ।
संविधानमा नेपालको नक्सा जारी गर्न नसक्दा भारतले नेपालको भूमि मिचेर नयाँ नक्सा जारी गरेको विज्ञहरुले बताएका छन् । पूर्वसांसद मंच नेपालले आयोजना गरेको ‘नेपाल भारत सीमा समस्या र समाधान’ विषयमा सोमबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले नेपालको संविधानमा नयाँ नक्सा जारी नहुनु नै भारतलाई नेपालको भूमि मिचेर नक्सा जारी गर्न बल पुगेको बताएका हून् ।

सीमा विद् बुद्धिनारायण श्रेष्ठले नेपालको नयाँ संविधानको एक पानामा नक्सा राख्न नसक्नुले भारतले नेपालको भूमि मिचेर नयाा नक्सा निकालेको बताए । उनले भने ‘भारतलाई किन त्यसरी बल पुग्यो भनेदेखि नेपालको नयाँ संविधानमा एउटा नक्सा छ त्यहाँ कर्ही कुनै पानामा ? एकपाना नक्साका लागि खर्च गर्न नसक्नुको कारणले नै भारतलाई बल पुगेर नयाँ नक्सा निकाल्यो ।’

Advertisement
Advertisement

उनले नेपालको नयाँ संविधानमा ७५ जिल्लाबाट ७७ जिल्ला र ५ विकास क्षेत्रबाट ७ प्रदेशमा परिवर्तन भएको नक्सा प्रकाशित गर्न नसक्नुले भारतलाई बल पुगेको बताए । उनले नेपालको संविधानको अनुसुची ३ मा रहेको नेपालको निशाना छाप भित्र रहेको नेपालको नक्सा भारतले २ नोभेम्बरमा प्रकाशित गरेको नक्सा संग मिल्ने भएकोले पनि भारतले सोही प्रकारको नक्सा जारी गर्ने हिम्मत गरेको बताए । उ

नले भने ‘संविधानको अनुसुचि ३ मा हाम्रो निशाना छाप जहाँ वर्तमान माननिय ज्यू हरुले त्यहि लोगो लगाएर हिँडिराख्नु भएको छ वहाँहरुले लगाएको जुन पिन छ नेपाल सरकरको समस्त कार्यालयरुमा भएको लेटरप्याडमा लगाएको छाप छ त्यो निशाना छाफ भित्र नेपालको नक्सा सेतो ब्याकग्राउण्डमा राखिएको छ त्यो सेतो ब्याकग्राउण्डको नक्सा भनेको भारतले २ नोभेम्बरमा निकालेको नक्सासँग ठ्याक्कै त्यो सँग मिलेको छ भनेपछि त नेपाल आफैले बुझायो नि त ।’ उनले ब्रिटिश सरकारले भारत छोडेर जाने बेलामा सन १९४७ मा प्रकाशित गरेको ‘एट एण्ड ब्रिटिश पिरियड १९४७’ नामको नक्सामा नेपालको लिम्पियाधुराबाट बग्ने काली नदीलाई सिमाना बनाएर नक्सा प्रकाशित भएको बताए । त्यस यता भारतले निकालेका नक्सामा नेपालको भूभाग मिचिएको उनले बताए ।

त्यस्तै वरिष्ठ पत्रकार भैरव रिसालले तत्कालिन साशकहरुले चुप लागेर बसेका कारण भारतले लामो समयदेखि कालापानी क्षेत्रमा सैनिक ब्यारेक राखेको बताए । सोही बलमा अहिले नेपालको भूमि मिचेर नक्सा जारी गरेको र नेपालमा त्यसको बहस मात्र भइराखेको उनले बताए । उनले ब्यास गर्खाको ३ वटा गाउँमा आफ्नो नेतृतवमा जनगणना भएको उल्लेख गर्दै त्यसबेला हिन्दुस्तानको चरोमुसो पनि देख्न नपाएको बताए । उनले भने ‘ब्यास गर्खाको मैले भनेका ३ वटा गाउँमा मेरो नेतृत्वमा जनगणना भएको हो, निर्विध्नतासाथ भएको हो त्यो बेला विन्दुस्तानको मतलबै थिएन, हिन्दुस्तानको चरोमुसो बाँदर केही पनि दिएन । अब के भयो भने पछि राजा महेन्द्रले दिएरे भन्ने पनि सुनियो कर्ही लिखत छैन रेकर्ड छैन त्यो अनि ऋषिकेश शाहले कुरा गरेरे, गर्दाखेरी अहिले निचमारा भनेरे महेन्द्रले । ऋषिकेश नी मरे महेन्द्र नी मरे अहिले निचमरा भन्या अगाडि नबढाउ भनेरे अनि कृतिनिधि विष्टले त्यो १८ वटा भारितय सैनिक चेकपोष्ट हटाउनुभयो यो कालापानीको किन नहटाएको भन्दा मलाई थाहा भएन भन्नुभयो अनि बुद्धिनारायण जी नि हुनुहुन्थ्यो म नि थिएं अनि भन्यौं तपाईलाई थाहा छ कि तपाईले ढाँटनुभयो थाहा छैन भनेर यदी हाम्रो मुलुकमा भारतीय सैनिक चेकपोस्ट बस्या थाहा छैन भने तपाई प्रधानमन्त्री हुन योग्य हुनुहुन्न, प्रधानमन्त्री हुने मान्छेलाई त्यती त थाहा हुनुपर्छ भन्या हाँस्नुभयो खिसिक्क ।’

परराष्ट्रविद डा. भेषबहादुर थापाले सबैभन्दा घातक विषय भारतीय परराष्ट्र मन्त्रालयका एकजना प्रवक्ताले भारतले जारी गरेको नक्सा भारतको सार्वभौम विषय भएको बताउनु भएको बताए । उनले नक्सा जारी गर्नु भन्दा पनि त्यो विषय सबैभन्दा बढी घातक रहेको बताए । नेपालको भूमिलाई भारतको स्वतन्त्रता भित्र परेको भारतको सार्वभौम विषय भएको वक्तव्य दिनु सबैभन्दा घातक भएको र भारतको यस्तो वक्तव्यको कारण जटिलता झनै देखिएको उनले बताए । उनले भने ‘सबैभन्दा घाटक अहिले मैले देखेको के हो भने यो विषयमा छलफल भइरहेको बेलामा बादविवाद भइरहेको बेलामा भारतले आधिकारीक रुपमा नक्सा निकालेर र त्यो नक्सा भन्दा पनि भारतको पराराष्ट्र मन्त्रालयको प्रवक्ताले भन्नुभएको कुरा घातक छ वहाँले के भन्नुभयो भने यो इण्डियाको स्वाभरेन्टी भित्र परेको नक्सा हो भनेर भन्नुभयो त्यो सबैभन्दा पहिलोपटक आधकिारीक रुपमा एउटा नक्सा निकालेर नेपालको भूभाग पनि त्यसमा गाभेर यो हाम्रोचाहिं सार्वभौमिक जमिन हो भन्नेकुरा चाहिं अव थिचो मिचोको कुरा गर्ने हो भने वावदविवाद भएको विषयका बारेमा कुनैपनि जिम्मेवार सरकारले त्यस्तो गैह्र जिम्मेवार कुरा गर्ने होइन ।’

त्यस्तै २०३६ देखि २०३८ सम्म दार्चुला जिल्लाको प्रमुख जिल्ला अधिकारी समेत रहनुभएका पूर्व सचिव द्धारिकानाथ ढुङ्गेलले आफुले तत्कालिन समयमा जिल्ला प्रमुख हुँदा नै अनुसन्धान गरेर सरकारलाई प्रतिवेदन बुझाएको बताए । तर २०३० सालदेखि नै सिंहदरबारलाई यो विषयमा जानकारी भएको तर सरकारले केही कदम नचालेको उनले बताए । उनले भने ‘२०३०साल देखि कमसेकम सिंहदरबारलाई थाहा त छ त्यो बेला सिंहदरबार के हेरेर बसेको थियो प्रश्न त्यहाँ नेर आउँछ नी ।’

Advertisement

कार्यक्रममा विज्ञहरुले नेपाल सरकारले समयमा नै कुटनीतिक पहल गर्न नसकेका कारण अहिले भारतले एकतर्फि नक्सा सार्वजनिक गरेको बताएका थिए । भारत र चीन बीच २०१५ मा नेपालको लिपुलेक क्षेत्रहुँदै व्यापारिक मार्ग खोल्ने सहमति हुँदा समेत यो विषय बहसको रुपमा उठेको तर विस्तारै पानीको छाल जस्तै हराउँदै गएको विज्ञहरुको तर्क थियो । अहिले फेरी विरोध आउन थालेपछि सरकारले सानो हस्ताक्षर नभएको विज्ञप्ति जारी गरेर बसेको बताए । सरकारले नयाँ नक्सा जारी गर्न नसक्नुले पनि कुटनीतिक पहल समेत हुन नसकेको स्पस्ट हुने उनीहरुको भनाई थियो ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top