सुनको मूल्यमा ऐतिहासिक रेकर्ड कायम

७ फागुन, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ कीर्तिमान बनाएको छ । बुधबार छापावाला सुनको मूल्यले ७७ हजार १ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ।

Advertisement

मंगलबार प्रतितोला ७६ हजार ७ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले बुधबार ४ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो।

त्यसैगरी, तेजाबी सुनको मूल्य ७६ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँमा पुगेको छ। अहिले अन्तर्रा्ष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ।

Advertisement

विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ। पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरियाबीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ।

त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top