७ फागुन, एजेन्सी । अस्ट्रेलियामा कारमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ । क्याम्प हिलमा भएको आगलागीमा १० वर्षमुनिका तीन जना बालबालिकासहित चार जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।
आगलागीमा पीडितको बारेमा थाहा पाउनेको पनि ज्यान गएको छ । त्यस्तै कारमा रहेकी एक जना महिला शरीरका धेरै भाग जलेर घाइते भएकी छिन् र उनलाई उपचारका लागि अस्पताल लगिएको छ ।
कारमा कसरी आगलागी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको अस्ट्रेलियाको प्रहरीले जनाएको छ । प्रहरीले कारमा रहेका पाँचै जनाको पहिचान खुलाएको छैन ।