चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघेको नेपाली सम्पादकहरुको ठहर

६ फागुन ७६, बुधबार

७ फागुन, काठमाडौँ ।
चिनियाँ राजदूतावासले ‘द काठमान्डू पोस्ट’ मा प्रकाशित सामग्रीलाई लिएर मंगलबार जारी गरेको विज्ञप्तिप्रति नेपाली सञ्‍चार माध्यमका सम्पादकले ध्यानाकर्षण भएको जनाएका छन् ।

बुधबार विज्ञप्तिमार्फत विभिन्न सञ्चार माध्यमका सम्पादकले प्रेसमा आएका सामग्रीप्रति असहमति राख्ने र त्यसको खण्डन गर्ने अधिकार भए पनि सम्पादककै नामै उल्लेख गरेर लान्छित गर्ने र धम्की दिने कार्यप्रति आफूहरुको असहमति भएको स्पष्ट पारेका छन्।

काठमाण्डू पोस्टमा छापिएको समाचारप्रति नेपालस्थित चिनियाँ दूतावासले कूटनीतिक मर्यादा नाघ्दै विज्ञप्ति प्रकाशित गरेको भन्दै सम्पादकहरुले त्यसको भर्त्सना गरेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top