सरकारले सत्ता होइन सरकार चलाओस्ः गगन थापा

६ फागुन ७६, बुधबार

७ फागुन, नेपालगन्ज ।
सरकार सत्ता, शक्ति र सम्बन्धको दबाब र प्रभावमा चलिरहेको कांग्रेस केन्दीय सदस्य तथा सांसद गगन थापाले आरोप लगाएका छन् ।

सरकारले सरकार नचलाएर सत्ता चलाइरहेको उनको भनाइ थियो । बुधबार कांग्रेस पार्टी कार्यालय नेपालगन्जमा आयोजित बीपी स्मृति पुस्ताकलय उद्घाटन कार्यक्रममा नेता थापाले आफ्नो चिन्ता दुई तिहाइको सरकार नभएको भन्दै सरकारले सत्ता चलाउन थालेको प्रति भएको बताए ।

‘सरकार पाँच वर्ष होइन, ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्,’ उनले भने, ‘ लोकतान्त्रिक अभ्यासमा सरकार बलियो भएर देश बन्दैन । नागरिक बलियो भए मात्र सरकार बलियो हुन्छ ।’

Advertisement

सरकारले राज्यका सबै अंगहरुलाई आफ्नो प्रभावमा पारेर सुरक्षा न्यायालय, अख्तियारको अनुसन्धानको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्‍न गर्ने पर्याप्त आधार दिएको उल्लेख गरे ।

उनले प्रधानमन्त्री केपी ओलीले एक कार्यक्रममा बोलेको कुरा सुनाउँदै विकास देखेर विरोधी आत्तिएसम्म भन्‍नुभयो भनेर कटाक्ष गरे । उनले कांग्रेसलाई नेतृत्वको कुनै लालसा नभएको भन्दै पार्टीभित्र रुपान्तरण आवश्यकता रहेको औंलाए । ‘नेपाली कांग्रेस राज्यसँग होइन जनताका बीच पुग्‍नु पर्छ ।’

Advertisement

उनले कांग्रेसले प्रतिपक्षको भूमिका निभाउन नसकेकोमा आलोचना भइरहेको भन्दै त्यसलाई चिर्न नेतृत्वदेखि जिल्ला तहका आमनेताहरु जनताबीच नयाँ ढंगले प्रस्तुत हुन आग्रह गरे ।

नेता प्रकाशमान सिंहले सरकार संविधानको भावना र मर्मविपरीत काम गरिरहेको बताए । ‘सरकार दुई तिहाइ दम्भको भ्रम पालिरहेको छ ,’ उनले भने, ‘संविधान र कानुनभन्दा माथि आफूलाई ठानेको छ ।’ उनले सरकार संघीयता कार्यान्वयनमा असफल भएको दाबीसमेत गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top