अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न चीनको आदेश

७ फागुन ७६, बुधबार
Share this
676shares

७ फागुन, बेइजिङ ।
चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको बुधबार उक्त पत्रिकाले जनाएको छ।

Advertisement

अमेरिकी अखबार द वासिङटन पोस्टकाअनुसार निष्काशित हुने पत्रकारमा डेपुटी ब्यूरो प्रमुख जोसेफ चिन, चाओ देङ र फिलिप वेन रहेका छन्। चीन र देङ अमेरिकन नागरिक हुन् भने वेन अस्ट्रेलियन नागरिक भएको वासिङटन पोस्टले जनाएको छ।

माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन गरेको पहिलो पटक भएको बताईएको छ।
जर्नलले फेब्रुअरी ३ देखि कोरोनाभाइरसको विषयमा छाप्दै आएको स्तम्भमा चीनका विदेशमन्त्रीले आलोचना गर्दै आइरहेका थिए। स्तम्भ बार्ड कलेजका प्राध्यापक वाल्टर रसेलले ‘चाइना इज द रियल सिक म्यान अफ एसिया’ शीर्षकमा लेख्दै आएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top