×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबर

७ फाल्गुन २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(प्रजातन्त्र दिवसको सन्देश)
आज ७० औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइयो /दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देश बदल्ने अठोटका साथ बढि रहँदा नकारात्मक प्रवृतिको सामना गरिरहनु परेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई ।

Advertisement
Advertisement

२.(दिवसको बहाना)
काठमाडौंको बबरमहलमा ८ वर्षअघि भएको बम विस्फोटका दोषी मकवानपुरका संयुक्त जातीय मोर्चाका नेता बुद्धिबहादुर गोले रिहा /प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्या भण्डारीद्वारा गोलेसहित ३ सय २९ जना कैदीको कैद सजाय मिनाहा ।

३.(सुःखद समाचार)
चीनको वुहानबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जना सुरक्षित रहेको स्वास्थ्य मन्त्रालयको भनाई /वुहानबाट फर्किएका सबैको नाक र घाँटीभित्रको नमुनाहरु परीक्षण गरिएकोमा सबैमा कोरोनाभाइरस (कोभिड—१९) नभएको पुष्टि ।

४.(पर्यटकलाई बुझाउ)
नेपाल कोरोना भाइरस मुक्त रहेको सन्देश विश्वलाई दिनुपर्ने पर्यटनमन्त्री योगश भट्टराईको भनाई /छिमेकी मुलुक ठूलो प्रकोपको सामना गरिरहेको अवस्थामा जिस्क्याउने, अनर्गल प्रचार गर्ने र कमजोर बनाउन दाउपेच गर्ने बेला नभएको उल्लेख ।

५.(अभियन्ताको चिन्ता)
अतिरिक्त शुल्क लिने मेडिकल कलेजको सम्बन्धन खारेजी गर्न चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीको माग /भ्रष्ट र आपराधिक राजनीतिक नेतृत्वका कारण विद्यार्थीलाई ठग्ने र मेडिकल माफियालाई पोस्ने काम भइरहेको आरोप ।

६.(दाहाल वाणी)
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा तत्कालै गाभ्ननहुने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको भनाई /प्रदेशको भू–बनोट सधैं एकै रहने ‘ग्यारेन्टी’ नभएको र जनताको चाहनाअनुसार परिवर्तन हुनसक्ने तर्क ।

७.(ज्ञावलीको ज्ञान)
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशनका (एमसीसी) का विषयमा अध्ययन कार्यदलले सुझाव मात्रै पेश गर्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रष्टोक्ति / भारतसँगको सीमाविवाद समाधानगर्न वार्ताको वातावारण बनिरहेको उल्लेख ।

८.(मृत्युपछिको क्षतिपूर्ति)
सुर्खेतको भेरी गंगा नगरपालिका–१२ छिन्चुमा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएपछि आफन्तद्वारा क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध /ठक्कर दिने गाडीका चालक र साहु भने फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाई ।

९.(तलकै सर्वैसर्वा)
बजेट खर्च बढी देखाउन अर्थमन्त्रालयले रकमान्तर गर्ने गरेको राष्ट्रिय योजना आयोगको भनाई / योजना बनाउने काममा पनि मन्त्री र सचिवलाई थाहै नदिई तल्लो तहबाट नै योजना छनौट गरी आयोगमा पठाउने गरेको खुलासा ।

१०.(कूटनीतिक मर्यादा खोई ?)
कान्तिपुर पब्लिकेसन्सको ‘द काठमान्डु पोष्ट’ पत्रिकामा प्रकाशित एउटा लेखबारे काठमाडौंस्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिको सम्पादकहरूद्वारा भत्सर्ना /कूटनीतिक निकायबाट पत्रकारलाई धम्की दिने काम निन्दनीय भएको पत्रकार महासंघको ठहर ।

११.(शिवरात्रीको तयारी)
महाशिवरात्रीको दिन पशुपति क्षेत्रमा नेपाल स्काउटसहित पाँचहजार स्वयंसेवक परिचालन गरिने / पशुपति क्षेत्रमा महाशिवरात्रीको दिन गाँजा,भाङ, जाँड रक्सी जस्ता नशालु पदार्थ सेवनमा प्रतिबन्ध /पशुपति क्षेत्रभित्र प्लाष्टिकको प्रयोगमा समेत रोक ।

१२.(राससको जन्मदिन)
राष्ट्रिय समाचार समितिलाई प्रतिस्पर्धी बनाउन संरचनात्मक सुधारको आवश्यकतामा सञ्चार मन्त्रालयका सचिवदीपक सुवेदीको जोड /राससभित्र देखिएका समस्याहरु समाधानकालागि आफुले प्रयास गर्ने उल्लेख ।

१३.(छुन नसकिने सुन)
चीनमा फैलिरहेको कोरोना भाइरसको असरकाकारण सुनको भाउमा फेरी नयाँ कीर्तिमान कायम / बुधबार छापावाता सुनतोलाको ७७ हजार एक सय र चाँदी प्रतितोला ९ सय ५माकारोवार/सुनको भाउअझै बढ्न सक्ने ।

१४. (बी डिभिजनको भिड्न्त)
सहिद स्मारक बी डिभिजन लिगको उद्घाटन खेलमा ब्वाइज युनियन क्लब र श्रीकुमारी क्लबबीच प्रतिष्पर्धा हुने /आगामी शुक्रबारबाट सुरु हुने प्रतियोगीतामा १२ टोलीको सहभागि हुने ।

Advertisement

र,
१५.(पत्रकारको निश्पक्षतामा प्रश्न)
समुदायमा घृणा र आक्रोश पैदा गरेको आरोपमा द वालस्ट्रिट जर्नलका दुई अमेरिकी र एक अष्ट्रेलियन पत्रकारको परिचयपत्र चीनद्वारा रद्द/तीनै जनालाई देश छाड्न आदेश ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top