×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

सञ्चारमाध्यममा सरकार बनाउने र परिवर्तन गर्ने कुरा छापिन सुरु भयो : प्रधानमन्त्री

७ फाल्गुन २०७६

७ फागुन, काठमाडौँ ।
केही दिनदेखि निरन्तर सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी सञ्चारमाध्यमहरुमा सरकार बनाउने र परिवर्तन गर्ने कुरा छापिन सुरु भएको बताएका छन् ।

निर्वाचन आयोग नेपालको चौथो निर्वाचन दिवसका अवशरमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार बनाउने र सरकार परिवर्तन गर्ने सबै कुरा सञ्चर माध्यमहरुमा छ्यापछ्याप्ती आइरहेको बताए । जनताको अभिमतबाट बनेको सरकारलाई जालझेल, षडयन्त्र र टिक्डमबाट फेर्ने कुरा दिनदिनै अखबारहरुमा छापिने गरेको उनको आरोप छ । ‘जनताको अभिमतबाट होइन् । जालझेल, षडयन्त्र र तिक्डमबाट सरकार फेर्ने दिनै पिच्छे अखवारहरुमा छापिएको छापिए । अस्तिका दिन मैले हे¥या थे तीन दिन अगाडी जति, अब त अविश्वासको प्रस्ताव राख्न पाइन्छ भनेर खुसीयाली मनाइराख्या । अख्थिरता ल्याउन पाइन्छ भनेर खुसीयाली मनाइराख्या । अस्थिरता ल्याउने ढोका खुल्यो भनेर खुसीयाली मनाइराख्या । जनतमतको कुरा होइन जालझेलको, टिक्डमको बाटो हिँड्न पाइन्छ भनेर खुसीयाली मनाइराख्या’, ओलीले भने ‘लोकतन्त्र जालझेल, टिक्डमको प्रणाली होइन् । लोकतनत्त जनताको अभिमतको प्रकटीकरणको प्रणाली हो । जनताको अभिमत स्वच्छ ढंगले प्रकट हुने र त्यस अभिमतलाई अस्वीकार गर्ने लोकतान्त्रीक पद्धती हुँदैन । जनताको अभिमत स्वकिार गर्नुपर्छ अनि मात्रै लोकतन्त्र भन्ने हुन्छ ।’’

Advertisement
Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवशरमा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गरेका छन् । केही मानिसहरुले भविष्यका कुरा नगर, भविष्यका कुरा गरेर जनताको मनोबल नउठाउ भनेर अर्ति उपदेश दिएको भन्दै प्रधानमन्त्री अ‍ोलीले व्यंग्य गरे । उनले भने , ‘केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नी यसो सुनिन्छ । भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्र भविष्यको कुरा गरेर जनताको मनोबल नउठाउ, विगगतिर हेर भन्या सुन्छि । यो एउटा प्रतिगामी उद्देश्यसहितको सोचनको प्रकटीकरण हो ।’ पूर्वजहरुको गौरबलाई सधै सम्मान गर्ने उल्ले गर्दै ओलीले पूर्वजहरुका पौरख र उपलब्धिहरुको सम्मान गर्ने बताए । ओलीले विगतका नकारात्मक कुराहरु पनि आफुले नविर्षेको बताए । दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला उद्देश्य प्रकटीकरण भएका काला दिनहरु पनि सम्झिरहेको उल्ेलख गर्दै ओलीले हाम्रो स्मरण शक्ति कमजोर छ भनेर नसोच्न आग्रह गरे ।

Advertisement

प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त अधिकारर्लाइ सुदृढ र विस्तृत गर्दै ति अधिकारहरुको सफलतापूर्वक कार्यान्वयनको काम सरकार अघि बढेको बताए । देशमा सुशासन र विकासको बाटोमा सरकार अघि बढेको र यहि बाटोबाट सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकंक्षा सफलतापूर्वक अगाडी बढाउने बताए । आयोगको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभा सभामुख अग्नि प्रसाद सापकोटा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top