प्रधानमन्त्रीको जवाफ : दरबार हत्याकाण्ड र माघ १९ भुलेका छैनौं

७ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजा ज्ञानेन्द्रले भविष्यको कोरा सपना मात्र बाँडेर समय खेर नफाल्न राजनीतिक नेतृत्वसँग आग्रह गरेका थिए ।

Advertisement

निर्वाचन आयोग नेपालको चौथो निर्वाचन दिवसका अवशरमा बोल्दै प्रधानमन्त्री ओलीले केही मानिसहरुले भविष्यका कुरा नगर, भविष्यका कुरा गरेर जनताको मनोबल नउठाउ भनेर अर्ति उपदेश दिएको भन्दै प्रधानमन्त्री अ‍ोलीले व्यंग्य गरे । उनले भने , ‘केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नी यसो सुनिन्छ । भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्र भविष्यको कुरा गरेर जनताको मनोबल नउठाउ, विगगतिर हेर भन्या सुन्छि । यो एउटा प्रतिगामी उद्देश्यसहितको सोचनको प्रकटीकरण हो ।’

पूर्वजहरुको गौरबलाई सधै सम्मान गर्ने उल्ले गर्दै ओलीले पूर्वजहरुका पौरख र उपलब्धिहरुको सम्मान गर्ने बताए । ओलीले विगतका नकारात्मक कुराहरु पनि आफुले नबिर्सेको बताए । दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला उद्देश्य प्रकटीकरण भएका काला दिनहरु पनि सम्झिरहेको उल्ेलख गर्दै ओलीले हाम्रो स्मरण शक्ति कमजोर छ भनेर नसोच्न आग्रह गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top