९ फागुन, काठमाडौं । नेपाली सेनाको भिभिआइपी हवाई प्रदर्शनका कारण काठमाडौंको हवाई सेवा प्रभावित भएको छ । मौसम खुल्न ढिला भएर विहानैदेखि उडान प्रभावित भएको आज सेनाको प्रदर्शनले उडान अझैै प्रभावित भएको हो ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आज विहान १० बजेदेखि १२ बजेसम्म नोटाम जारी गरिएको छ । यो अवधिमा उडान अवरुद्ध हुने एयरलाइन्सहरुलाई अग्रिम जानकारी विमानस्थल कार्यालयले दिएको हो । उक्त सूचनाअनुसार अहिले काठमाडौंबाट जाने र आउने उडान प्रभावित भएका छन् ।
यसैबीच काठमाडौं विमानस्थलको भिजिविलिटी कमजोर हुँदा अन्तर्रा्ष्ट्रिय उडान पनि केही होल्डमा परेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । काठमाडौैबाट धेरै उडान हुने पोखरा विमानस्थल अहिलेसम्म खुलेको छैन । उड्नयोग्य मौसम नभएपछि पोखरा विमानस्थलमा अहिलेसम्म उडान हुननसकेको हो ।