११ फागुन, काठमाडौं । आइतबार पनि सुनको मूल्य उकालो लागेको छ । पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ ।
आज छापावाला सुनको मूल्य ७८ हजार ८ सय पुगेर ऐतिहासिक रेकर्ड बनेको छ । शुक्रबार प्रतितोला ७८ हजार १ सय पुगेर नयाँ रर्कड बनाएको सुनको मूल्यले आइतबार एकैदिन ७ सयले बढेर फेरि अर्को रेकर्ड बनाएको हो ।
त्यसैगरी, तेजाबी सुनको मूल्य ७८ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २० रुपैयाँमा कायम छ ।
अहिले अन्तर्रा्ष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ । विश्व बजारमा सुनको मूल्य बढ्नुमा शक्तिशाली राष्ट्रबीचको तनावको प्रभावलाई लिइएको छ ।
पछिल्लो समय अमेरिका, इरान, भारत र उत्तरकोरिया बीचको सम्बन्धले विश्व आर्थिक बजार तातेको छ । त्यसैगरी, अमेरिका र चीनबीच व्यापार युद्धले पनि विश्व बजारमा असर गरिरहेको छ ।
नेपाली सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य अझै बढ्नसक्ने अनुमान गरिरहेको छ ।
