बाबुरामको प्रश्न, हामी कसरी सुटेड बुटेड भयौं ? छानविन गरौं

१४ फागुन, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सबै प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभामा समय लिएर बोल्दै डा. भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत सम्पूर्ण पूर्व प्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

‘गाउँमा सानो बुकुरो भएकाहरुले कसरी काठमाडौंमा महल बनाए ?’, भट्टराईले प्रश्न गरे । उनले भने, ‘म लगायत हामी सबै हिजो त हामी त साथीहरुले दिएको लुगा लगाएर, चप्पल लगाएर हिनेका थियौँ । आज हामी कसरी सुटेड बुटेड भएका छौँ ? कसरी चिल्ला कार चढेर हिडिरहेका छौँ ? कसरी हाम्रा महल छन् ?’ डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पत्ति यति छिटो कसरी बढ्यो भन्दै प्रश्न समेत गर्नुभएको छ ।

प्रधानमन्त्रीको तेह्रथुमको बुकुरो भन्दा गोरखामा रहेको आफ्नो घर राम्रो रहेको उल्लेख गर्दै उनले भने, ‘सम्मानिय प्रधानमन्त्रीको अस्ति तेह्रथुमको बुकुरो हेर्दा खेरी मेरो गोरखामा घर त्यो भन्दा राम्रो छ । त्यस्तो बुकुरो भएका हामी प्रधानमन्त्रीहरु अहिले काठमाडौंमा महल जोड्ने हैसियतमा कसरी पुग्योँ ?’ अहिले देखिएको दृश्य कमाईले कसैको पनि काठमाडौ.मा महल बनाउने हैसियत नपुग्ने दावी गर्दै उनले भने, ‘म अलिकति गणितीमा चाँसो राख्ने मान्छे पनि हुँ । अर्थमन्त्री पनि भइटोपलेको मान्छे । मैले जति लाख प्रयन्त गर्दा पनि हाम्रो कमाईले, हाम्रो जुन देखिएको दृश्य कमाइले त्यो बुकुरो कमाईले यहाँ काठमाडौंमा महल बनाउन पुग्दैन यसको छानबिन गरौँ । त्यसका लागि म सबैसँग आग्रह गर्न चाहान्छु ।’ उनले मातातिर्थ लगायत जग्गाका विषय उचालेर लोकमान कार्की प्रवृति देखाउन खोजिएको आरोप समेत लगाए ।

Advertisement

मातातिर्थ लगायतको जग्गाका सन्र्दभमा आफ्नो कार्यकालमा भएका निर्णयहरु राजनीतिक, कानूनी र नैतिक रुपमा ठिक रहेको उल्लेख गर्दै भट्टराईले प्रधानमन्त्रीले प्रतिसोध, असहिष्णुता वा निषेध गर्ने के प्रवृृतिले यस्तो गर्न खोजिएको हो भन्दै आशंका व्यक्त गरे । दुई तिहाइ नजिक रहेको सरकारका प्रधानमन्त्री कमजोर भएर आशंकित हुनुपर्ने अवस्था नरहेको भन्दै भट्टराईले ‘प्रधानमन्त्रीको कुर्सीमा बसेर डराउनुपर्दैन्’, भने ।

डा. भट्टराईले लोकमानले झै तर्साएर झुकाउने प्रधानमन्त्रीले सोच्नुभएको भए २०५१ सालको प्रशंग सम्झिन आग्रह गरे । उनले भने, ‘जतिबेला २०५१ सालमा जनयुद्धको तयारी गर्दै थियौँ । त्यतिबेला चर्चित भित्तेकाण्ड भएको थियो । त्यतिबेला सिंहदरबार अगाडी म लगायत साथीहरु उहाँ (प्रधानमन्त्री केपी शर्मा ओली) गृहमन्त्री हुनुहुन्थ्यो । उहाँलाई ज्ञापन पत्र बुझाउन जाँदा उहाँको अरिंगाल सेनाले मलाई आएर खुकुरीले हानेको प्रशंग अहिले पनि याद छ । त्यसैले उहाँले लोकमानले झै तर्साएर झुकाउछु भन्ने ठानेको हो भने त्यो प्रशंग सम्झिदा राम्रो होला । त्यसले कसरी जनयुद्धमा आगो बालेको थियो र त्यसको परिणाम के थियो त्यो सम्झँदा ठिकै होला । यो समय आरोप प्रत्यारोपको विषय होइन् ।’

Advertisement

भट्टराईले अहिले चारैतिर यतिको चर्चा चुलिएको भन्दै नेपाल ट्रष्टको जग्गा यतिको पोल्टामा कसरी गएका छन भन्दै प्रश्न पनि गरे । ‘अब यति होल्डिङप्रति नै विशेष अनुराग भएर उसलाई अझै नपुगेको हो अझै दिनुपर्ने हो ? मोहीहरुले बरु नपाए नपाउन भन्ने चाहाना हो भने यो पनि गम्भिर विषय हो छलफल गरुन । यो त दृष्टिकोणको कुरा भयो । जनताको जमिन खोसेर आफ्नो आसेपासेलाई दिने की जोताहा मोहीलाई दिने हो भन्ने गम्भिर छलफल विषय बन्छ’, भट्टराईले भने । देश भ्रष्टाचारले थिलथिलो परेको भन्दै भट्टराइले एक अर्कालाई दोषारोपण गर्नुभन्दा दोषिलाई दण्डित गर्ने प्रवृति अंगाल्नुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top