NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु शनिबार असार २८ , २०८२
अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर शुक्रबार असार २७ , २०८२
नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ? शुक्रबार असार २७ , २०८२
बालेनको ६८सेकेन्डमा सके बैठक,७महिनाको मौनता मिनेटमा सकियो शुक्रबार असार २७ , २०८२
Next
Prev

समाचार

कोशी अस्पताललाई शिक्षण अस्पतालमा रुपान्तरण गरिने

बुधबार फाल्गुन १४ , २०७६
Reading Time: 1 min read
A A
Advertisement
न्यायो कपडा वितरण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ फागुन, विराटनगर । 

विराटनगरस्थित कोशी अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालका रुपमा विकास गरिने भएको छ । मुलुककै पुरानो सरकारी अस्पतालमध्येको एक यो अस्पताल विसं १९४७ मा मोरङको रङ्गेलीमा स्थापना भई २०१३ सालमा विराटनगरमा स्थानान्तरण भई त्रिभुवन स्मारकबाट सञ्चालनमा आएको हो । तत्कालीन ५० श्ययाको यो अस्पतालमा हाल ३५० श्यया छन् । पाँच बिघा आठ कट्ठा नौ धुर क्षेत्रफलमा फैलिएको यो अस्पतालमा हाल आन्तरिक स्रोतबाट समेत गरी २६७ चिकित्सक र कर्मचारी कार्यरत रहेको अस्पतालका सुरपरीवेक्षक डा.सङ्गीता मिश्रले जानकारी दिइन् ।

साना ठूला गरी दुई दर्जनभन्दा बढी भवन रहेको सो अस्पतालका १३ कट्ठा तीन धुर जग्गा अरु संस्थाले अतिक्रमण गरेको पाइएको छ । जसमा नेपाल क्षयरोग निवारण संस्थाले आठ कट्ठा १० धुर, गणेश मन्दिरले एक कट्ठा १० धुर, नेपाल रेडक्रस सोसाइटीले एक कठ्ठा १३ धुर र देवकोट पुस्तकालयले दुई कट्ठा जग्गामा आफ्ना संरचना निर्माण गरेको अस्पतालले जनाएको छ । यतिधेरै पुरानो अस्पताल अहिले आफै विरामी छ भन्दा अतियुक्त नहोला । किनकि यति धेरै पुरानो अस्पताल भए पनि यसले विशिष्ट प्रकारको स्वास्थ्य सेवा प्रदान गर्न सकेको छैन ।

Advertisement

अत्यधिक भीड हुने सो अस्पतालमा अहिले अवस्थामा सर्वसुलभ, गुणस्तर सेवा, स्वच्छ वातावरणमा सञ्चालन गर्न पुरानो संरचना बाधकका रुपमा छ भने नयाँ संरचना बनाउन रु पाँच अर्बभन्दा बढी खर्च लाग्न सक्ने प्रारम्भिक अनुमान गरिएको छ । अस्पतालमा वर्षात्को समयमा परिसरमा पानी जम्ने, फोहर थुप्रिने, सडकबाट झण्डै दुई फिट गहिरो देखिने, झट्ट हेर्दा सुकुम्वासीले घेरेकोजस्तो देखिने यो अस्पताललाई अत्याधुनिक शिक्षण अस्पतालमा परिणत गर्न पुराना संरचना भत्काएर नयाँ संरचना बहुतले बनाउनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

अहिले अस्पतालमा आइसियु, सर्जिकल र न्यूरो तथा नेफरोलोजी सेवा प्रदान गर्न नयाँ भवन निर्माण गर्न सङ्घीय सरकारबाट सङ्घीय आयोजना कार्यान्वयन एकाइ (भवन) कार्यालयको नाममा रु ४० करोड बजेट विनियोजन भई आएकाले अस्पतालले सरोकारवालसँग धारणा लिन आज अस्पतालको सभाकक्षमा आयोजित छलफलमा सो धारणा आएको हो । छलफलमा प्रदेश ल्याब भवन अस्पतालको हाताभित्र बनाउने र अस्पतालको जेनेरेटर हाउस भएर जाने सार्वजनिक बाटोको व्यवस्थापन गनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

दरबन्दी छ, डाक्टर छैनन्
कोशी अस्पतालमा दरबन्दी अनुसारका एक तिहाई चिकित्सक नहुँदा सेवाग्राहीहरू गुणस्तरीय स्वास्थ्य सेवा लिनबाट बञ्चित हुँदै आएका छन् । अस्पतालमा लामो समयदेखि सरकारी दरबन्दी अनुसार ११ औं तहका आँखा रोग विशेषज्ञ, बालरोग विशेषज्ञ, नेपोलोजिष्ट, कार्डियोलोजिष्ट, प्याथोलोजिष्ट, नर्सिङ प्रशासनसहित ल्याबटेक्निसियनलगायत दरबन्दी अनुसारको चिकित्सकको अभाव रहेको बताइएको छ ।

शिक्षण अस्पताल बनाउने तयारी

प्रदेश नं १ अन्तर्गतका १४ जिल्लासहित प्रदेश २ का सप्तरी, सिरहा, धनुषा जिल्लाबासी पनि उपचार सेवाका लागि भर पर्दै आएको यो अस्पताल पूर्वाधार र विशेषज्ञ डाक्टरको अभावसँगै आर्थिक अभावसँग पनि जुधिरहेको छ । आर्थिक अभावका कारण भएका कर्मचारीलाई समयमा तलव खुवाउन पनि अस्पताल प्रशासनलाई हम्मेहम्मे पर्ने गरेको छ । तर पनि प्रदेश सरकारले भने कोशी अस्पताललाई प्रदेश सरकारको शिक्षण अस्पतालका रुपमा विकास गर्ने तयारी गरेको छ ।

प्रदेश नं १ को सामाजिक विकासमन्त्री जीवन घिमिरेले यो अस्पताललाई मुलुककै नमूना र शिक्षण अस्पतालको रुपमा विकास गर्ने उद्देश्यका साथ सरकार अघि बढेको बताए । शिक्षण अस्पताल बनाउनका लागि तत्काल एमडीको कक्षा सञ्चालन गर्नुपर्ने जोड दिदैं उनले अस्पतालभित्रका तीन वटा भवन बाँकी राखेर अन्य सबै भवन भत्काउनु पर्ने बताए । मन्त्री घिमिरेले हाल प्राप्त भएको रु ४० करोडको योजनालाई दीर्घकालीन योजनामा समावेश गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य महेश रेग्मीले अस्पतालको नाममा रहेको जग्गा स्वामित्वमा ल्याउन नसके अस्पतालले इतिहास कायम गर्न नसक्ने बताउँदै अस्पतालको स्तरोन्नति गर्न र जनताको भावनाअनुसार चल्न दीर्घकालीन योजनाको विकल्प नरहेको प्रष्ट पारे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले अस्पताललाई राम्रो र भरपर्दो बनाउन अस्पतालले तयार पार्ने योजना एवं सोचमा आफ्नो समर्थन रहेको बताए । प्रदेशसभा सदस्य जयराम यादवले व्यावसायिक प्रयोजनमा रहेका संरचना भत्काएर अस्पतालको जग्गा अस्पतालकै भोगमा ल्याउनुपर्ने सुझाव दिए ।

जिल्ला समवन्य समिति मोरङका संयोजक नरेश पोखरेलले अस्पतालको साखलाई उच्च बनाउन अतिक्रमित जग्गा फिर्ता गराउनुपर्ने भन्दै अस्पतालले दीर्घकालीन योजना बनाएर प्रदेशकै नमूना अस्पताल बनाउनुपर्नेमा जोड दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पताललाई नमूना अस्पताल बनाउन नगरपालिकाबाट हुन सक्ने सबै किसिमको सहयोग दिने प्रतिवद्धता व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मोरङका अध्यक्ष क्रृषि पोखरेल र नेता गुरु बरालले अस्पताललाई अत्याधुनिक बनाउनुपर्ने बताउँदै सर्वसुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न व्यवस्थापनमा निकै सुधार गर्नुपर्ने खाँचो औँल्याए ।

अस्पतालका पूर्वमेसु डा.ज्ञानेन्द्र गिरी, पूर्वचिकित्सक डा.मदन कोइराला, विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्की, उपभोक्ता मञ्चका उत्तम ढुङ्गेल, मोरङ व्यापार सङ्घका महासचिव अनिल साहले यो अस्पताल गरिबको लागि मात्र नभएर धनीले पनि राम्रो सेवा पाउँछन् भनेर खोजेर आउनुपर्ने वातावरण सिर्जना गर्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले अस्पतालको स्वामित्वमा रहेको जग्गालाई अतिक्रमणबाट जोगाउन प्रशासनबाट हुने सबै सहयोग गर्न तयार रहेको बताए ।–मोहम्मद सदरुल/रासस

लोकप्रीय

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

विचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२

थप समाचार

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२
ताजा समाचार

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर
आर्थिक

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
अमेरिकालाई धनी बनाउँछु भन्दै ट्रम्पले उपभोक्तालाई गरिब बनाउने भए ?
ताजा समाचार

नोबेल पुरस्कारको दौडमा ट्रम्प, शान्तिदूत कि युद्धका खेलाडी ?

शुक्रबार असार २७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

World News: Iranले Uranium निकाल्दै, Israelले फेरि भोकाहरुलाई मा*र्याे || Nepal Times

00:18:24

World News: भारतमा लडाकु विमान दु*र्घट*ना, मलेसिया प्रहरीको हेली समुन्द्रमा खस्यो || Nepal Times

00:14:16

World News: China–Pakistan–Bangladesh गठबन्धन Indiaलाई ख*तरा, Russiaले हान्यो ७२८ ड्रोन

00:13:03

World News: अमेरिकी लगानीकर्तालाई इरान खुला, इरान–रूस–टर्कीएबीच वार्ता || Nepal Times

00:14:39

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

विनोद चौधरी संकटमा, सर्वोच्चमा मुद्दा, पार्टीभित्र शेखरसँग वाकयुद्ध

आइतवार असार २२ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

३३ जिल्लामा ‘एल्लो अलर्ट’, महाकाली तल्लो तटीय क्षेत्रमा सतर्क रहनु

शनिबार असार २८ , २०८२

अध्यक्ष नछाडे विद्या भण्डारी ओलीविरुद्ध लड्ने

शुक्रबार असार २७ , २०८२
घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

घरजग्गा किन्न ३ करोड,बैंक ब्याज घट्यो, विदेश जादा ३ हजार डलर

शुक्रबार असार २७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.