बास्कोटामाथि झुठो आरोप लगाईयो, त्यसमा कुनै प्रमाण नै छैन : प्रधानमन्त्री

१५ फागुन, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको बचाउ गरेका छन् । पार्टीको बागमती प्रदेशस्तरिय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बास्कोटामाथि झुठो आरोप लगाइएको भन्दै बचाउ गरेका हुन् ।

Advertisement

सरकारले देशमा विकास र सुशासनका लागि काम गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ‘के निहुँ पाउँ कनिका उठाउँ’, जस्तो गरेर बास्कोटामाथि झुठो आरोप लगाएको बताए । स्पीस कम्पनीले अडियो सार्वजकि गर्ने विजय मिश्र आफ्नो प्रतिनिधि (एजेण्ट) नभएको र गठ भएको भनिसकेकोले यसमा कुनै सत्यता नभएको उनले बताए ।

आरोपमा सत्यता नभएपनि आफ्नो विषयमा प्रश्न उठेपछि बास्कोटले राजीनामा दिएपछि स्वीकृत भएको ओलीले बताए । उनले भने ‘‘मेरो बारेमा प्रश्न उठेको हुनाले राजीनामा गर्छु भनेर गोकुल बाँस्कोटाले राजीनामा गर्नुभयो हामीले राजीनामा स्वीकृत गरेका छौं । उहाँले मेरो होइन मेरो आवाज होइन भनिरहनुभएको छ । त्यसमा कुनै प्रमाण नै छैन् । स्वीसको प्रतिनिधि होइन भनेर भनेको छ । त्यो कम्पनीको पनि प्रतिनिधि होइन त्यो सरकारको पनि प्रतिनिधि होइन भनेर । फ्रड हो भनेर स्वीसले भनिसकेको छ त्यसको कुनै सत्यता पुष्टि भएको छैन् । आफ्नो नाउँमा बात लागेको हुनाले राजिनामा गरेको तर भ्रस्टाचार गरेको प्रमाणित भएझै गरेर आएको छ ।’’

Advertisement

प्रधानमन्त्री ओलीले बास्कोटा दोषि प्रमाणित भएमा कारावही भोग्ने बताए । दोष अनुसारको कारवाही हुने उल्लेख गर्दै आफ्नो नाममा पनि उजुरी परेको सुनेको बताए । उनले भने, ‘दोष प्रमाणित नहुँदै खेरी आरोप पनि चलेको छैन, मुद्दापनि चलेको छैन मेरो पनि उजुरी हालेको छ भन्ने सुनेको छु् । मेरोपनि नाउँमा उजुरी हालेको छ भने त्यो उजुरी काम नलाग्ने पत्रु उजुरी हो । त्यो भ्रष्ट उजुरी हो । अहिले हामी सुशाशनको पक्षमा सच्छताको पक्षमा काम गरिरहेका छौं ।’

प्रधानमन्त्री ओलीले सरकारले कब्जा भएका जग्गा फिर्ता लिने, भ्रष्टाचारी माथि कारवाही गर्ने र गिरफ्ता गरी मुद्दा चलाउने काम सरकारले अख्तियारसँगै गररहेको बताए । उनले अन्य पार्टीहरुले आफ्नो नेतामाथि मुद्दा चलेपछि संसद अवरुद्ध गर्ने, माइतिघरमा हुल बनाएर उफ्रिने गरेको उल्लेख गर्दै आफ्नो पार्टीभित्र कसैलाई झुठो आरोप लाग्यो भने पनि आहा क्या मजा भन्दै हिड्ने गरेको आरोप लगाए ।

Advertisement

‘अरु पार्टीहरु मुद्दा चल्यो आफ्नो नेताको भने सदन अवरुद्ध गर्छन । माइतिघर मण्डलामा उफ्रिन जान्छन् । हाम्रो साथीहरु कसैले झुटो आरोप पनि लगायो भने आहा क्या मजा, क्या मजा आयो भन्छन । त्यो गर्नुपर्ने के जरुरत छ ? मैले भनेको छु भ्रष्ट भेटियो भने भ्रष्टाचार कही देखियो भने अनुहार नहेरीकन कारबाही गर्छु । अनुहार नहेरीकन कारबाही गर्छु ऐया आच्छु कसैले नभन्नुहोला भनेर मैले भनेको छु’, उनले भने । प्रधानमन्त्री ओलीले पार्टीलाई बदनाम गर्न सरकारलाई बदनाम गर्न र नेताहरुको चरित्र हत्या गर्न संगठित प्रयासहरु भएको समेत बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top