वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय प्रधानमन्त्रीले मान्नै पर्छ: प्रचण्ड

वामदेवलाई राष्ट्रियसभामा लैजाने निर्णय प्रधानमन्त्रीले मान्नै पर्छ: प्रचण्ड

१६ फागुन, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा भएको निर्णयको प्रधानमन्त्रीले अवज्ञा नगर्ने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार चितवन पुगेका दाहालले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली र आफ्नो अध्यक्षतामा बसेको बैठकले सर्वसम्मत निर्णय गरेको र त्यो निर्णयलाई प्रधानमन्त्रीले अवज्ञा नगर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘दुबैको अध्यक्षतामा बसेको सचिवालयले सर्वसम्मतगरेको निर्णय प्रधानमन्त्रीले अवज्ञा गर्नुहुन्छ भन्ने म कल्पना गर्न पनि सक्दिन प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । मैले यति बुझेको हो । मान्नुभएन भनेपछि के हुन्छ भन्ने तर्फ अहिले म जान चाहान्न । एक दुई दिनमा तपाईहरुले थाहा पाइहाल्नुहुन्छ ।’

पार्टी उपध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएपनि तत्काल संविधान संशोधनको प्रकृया अगाडी नबढ्ने दाहालले बताए । उनले भने, ‘संविधान संशोधन आफ्नो प्रकृयामा हुदै जाने कुरा हो । उहाँ (गौतम) राष्ट्रियसभामा अहिले नै जाने भनेर निर्णय गरिएको हो ।’ राष्ट्रियसभा सदस्य थप्ने कुरा भने नभएको दाहालले बताए । सचिवालय बैठकमा सदस्य थप्ने विषयमा कुनै निर्णय नभएको र अहिले त्यो सम्भव नरहेको उनको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.