बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरीमाथि छानविन गर्न समिति गठन

१५ फागुन ७६, शुक्रबार

१६ फागुन, काठमाडौं । बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि छानविन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा समिति गठन भएको छ ।

Advertisement

शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनपछि घटनाको सत्यतथ्य छानविन गर्न ललितपुर प्रहरी परिसरकी एसपी सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको हो।

घटनाबारे प्रहरीले अनुसन्धान पनि सुरू गरिसकेको जनाएको छ। घटनाबारे अनुसन्धान गर्न समिति बनाइएको एसएसपी टेकप्रसाद राईले बताए।

Advertisement

बिहीबार ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि प्रहरी निरीक्षक पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई लाठी प्रहार गरेका थिए।

एकजना महिलालाई पछाडिबाट प्रहरीले लाठी हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top