×

NEPAL TIMES UPDATES

Playing
९ जना पीएचडी सांसदः ज्ञानले बदल्छ त नेपाली राजनीति? || Nepal Times
Mar 13, 2026
Playing
भारतलाई अब रुसले दिनेछ ग्यास, गर्याे यस्तो अफर|| Nepal Times
Mar 13, 2026
Playing
भारतमा जब आमाबाबुले नै छोराका लागि इच्छा मृ त्यु मागे || Nepal Times
Mar 13, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-29-2082 || Nepal Times
Mar 13, 2026
Playing
पिताको अनुपस्थितिले जिन्दगीमा रित्तोपन ल्याउँछः बालेन
Mar 13, 2026
Playing
पुटिनसँग किन लम्पसार परे ट्रम्प, हरेक दाउ ट्रम्पका लागि घातक|| Nepal Times
Mar 13, 2026
Playing
कम्बोडियामा अनलाईन स्क्यामिङमा फसेका नेपालीको उद्धार || Nepal Times
Mar 13, 2026
Playing
रास्वपा,कांग्रेस र एमालेबाट को–को बन्दैछन् समानुपातिक सांसद ? || Nepal Times
Mar 13, 2026
Playing
कहाँ बस्छन् बालेन सरकारका मन्त्री, यस्तो छ मन्त्री निवासको अवस्था || Nepal Times
Mar 13, 2026
Playing
World News: दुबईमा खस्यो ड्रो*न,Americaलाई UAEले पनि पत्याएन, हर्मुज नखुल्ने|| Nepal Times
Mar 13, 2026

देशभर विद्युत पुर्याउन मिनीग्रिड मार्फत उत्पादन सुरु

१६ फाल्गुन २०७६

१६ फागुन, काठमाडौँ ।
तीन वर्षमा देशभर विद्युतको पहुँच पु¥याउने उद्देश्य पुरा गर्न सरकारले मिनीग्रिड मार्फत विद्युत उत्पादन गर्ने विशेष कार्यक्रमको सुरुवात गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा ‘मिनीग्रिड विशेष कार्यक्रम’को औपचारिक शुभारम्भ गरेका हुन् ।

सरकारले उज्यालो नेपाल अभियान अन्तर्गत तीन वर्ष भित्रमा सबै नेपालीको घरघरमा विद्युतको पहुँच पु¥याउने उद्देश्य सहित केन्द्रीय प्रसारण लाइन नपुगेका जिल्लामा मिनीग्रिड विशेष कार्यक्रम मार्फत विद्युत पु¥याउने लक्ष्य राखेको छ । सोहि अनुसार शुक्रबार वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले कार्यान्वयन गर्नेगरी हुम्ला र डोल्पामा १२ वटा मिनीग्रिड आयोजना सञ्चालन गर्ने कार्यको सुरुवात भएको हो । कार्यक्रममा मन्त्री पुनले केन्द्रीय ग्रिड नपुगेका जिल्लामा मिनीग्रिडमार्फत उज्यालो अभियान सुरु हुनु सकारात्मक भएको बताए । उनले यो वर्ष २ सय वटा कार्यक्रम सञ्चालन हुने र तीन वर्ष भित्रमा ६ सयवटा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको बताए । उनले यस वर्ष ४० वटा जिल्लामा पूर्ण रुपमा विद्युतको पहुँच पु¥याउने लक्ष्य समेत लिइएको बताए ।

वैकल्पिक उर्जा केन्द्रका कार्यकारी निर्देशक मधुसुधन अधिकारीले अहिलेसम्म नेपालमा ७८ प्रतिशत घरधुरीमा नेपाल विद्युत प्राधिकरणबाट वितरण हुने विद्युतको पहुँच रहेको, १० प्रतिशत वैकल्पिक उर्जा मार्फत उज्यालो पुगेको र १२ प्रतिशत घरधुरीमा उज्यालोको अभाव रहेको बताए । उनले सरकारले ३ वर्षमा सबैको घरघरमा उज्यालो पु¥याउने लक्ष्य पुरा गर्न मिनीग्रिड सञ्चालन गर्ने परियोजना कार्यान्वयनलाई तिब्रता दिनुपर्ने बताए ।

अहिले सम्म वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अगुवाइमा देशका विभिन्न ठाउँमा २० वटा भन्दा बढी सौर्य तथा वायु मिनीग्रिड आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा रहेका छन् । जसबाट ८ सय किलोवाट विद्युत उत्पादन भएको छ । पछिल्लो समय विभिन्न जिल्लाबाट माग भएका ४५ मिनीग्रिड आयोजनाहरु सम्भाव्यता अध्ययन भई कार्यान्वयनको चरणमा आएको अधिकारीले जानकारी दिए ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top