सुनको भाउ आइतबार १२ सयले घट्यो

१७ फागुन ७६, आइतबार

१८ फागुन, काठमाडौं । सुनको भाउ आइतबार तोलामा १२ सय रुपैयाँले घटेको छ ।

सुनको भाउ आइतबार तोलाको ७८ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको शुक्रबार तोलामा पाँच सय रुपैयाँले घटेर सुन तोलाको ७९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी आइतबार तोलाको आठ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top