कोरोनाभाइरसको महामारीका कारण मन्त्री तथा कुटनीतिज्ञहरुलाई यात्रा नगर्न राष्ट्रसंघका महासचिवको आग्रह

१८ फागुन, एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोनाभाइरसको महामारीका कारण मन्त्री तथा कुटनीतिज्ञहरुलाई अमेरिकाको न्यूयोर्कमा आयोजना हुने भनिएको महिलाहरुको अवस्थाका बारेको आयोगको छलफलमा सहभागी नहुन आग्रह गरेका छन् ।

सात हजारभन्दा बढी व्यक्तिको सहभागिता हुने उक्त कार्यक्रममा लैंगिक समानतालाई बढावा दिने तथा महिला सशक्तिकरणका बारे छलफल हुनेगर्दछ । यो वर्ष सो कार्यक्रम मार्च ९ देखि २० सम्म हुने तय गरिएको छ ।

यद्यपी राष्ट्रसंघका सम्पूर्ण सदस्य राष्ट्रहरुलाई आयोगको अध्यक्ष रहेका अर्मानीयाका राष्ट्रसंघीय स्थायी प्रतिनिधि महेर मार्गार्‍यानले पठाएको पत्रमा महासचिव गुटेरेसले मुख्य कार्यक्रमलाई छोट्याउन र धेरैजसो साहयक कार्यक्रमलाई रद्द गर्न सुझाव दिएको उल्लेख गरिएको छ।

Advertisement

उक्त आयोगमा सदस्य रहेका सदस्य राष्ट्रले पनि महासचिव गुटेरेसको सुझावलाई सोमबार बस्ने बैठकमा अनुमोदन गर्नका लागि प्रस्ताव गर्ने बताइएको छ।

राष्ट्रसंघकी प्रवक्ता स्टेफनी डुजारिकले विश्वभर नै द्रुत गति फैलिरहेको कोरोनाभाइरसको महामारीका कारण राष्ट्रसंघले आफ्नो सम्पूर्ण ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने अवस्था रहेकोले पनि महासचिव गुटेरेसले त्यस्तो सुझाव दिएको स्पष्ट पारेकी छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top