इन्धन र पुस्तकमा लगाइएको करविरुद्ध देशभरका क्याम्पस अगाडि नेविसंघको प्रदर्शन

१८ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।

इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै नेविसंघले बिहान ९ बजेदखि साढे ९ बजेसम्म देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको महामन्त्री बलदेव तिमलसिनाले जानकारी दिए ।

नेविसंघले बिहान ९ बजेदेखि आधा घण्टा देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । उपत्यकाका पनि सबै मुख्य क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको छ।

Advertisement

महामन्त्री तिमल्सिनाका अनुसार उपत्यकाका त्रिचन्द्र, शंकरदेव, सरस्वती, अश्कल, मिनभवन, आरआर, कोटेश्वर, विश्वभाषा, बालमिकी, केन्द्रीय क्याम्पस कीर्तिपुरलगायत क्याम्पसमा विरोध प्रदर्शन भएको छ । नेविसंघले यो आन्दोलनलाई आफ्ना माग पूरा नहुदासम्म जारी राख्ने जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top