१८ फागुन, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आइतबार बिहान देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ ।
इन्धनमा लगाएको पूर्वाधार कर, पुस्तकमा लगाइएको १० प्रतिशत कर फिर्ता र तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको माग गर्दै नेविसंघले बिहान ९ बजेदखि साढे ९ बजेसम्म देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेको महामन्त्री बलदेव तिमलसिनाले जानकारी दिए ।
नेविसंघले बिहान ९ बजेदेखि आधा घण्टा देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको हो । उपत्यकाका पनि सबै मुख्य क्याम्पस अगाडि विरोध प्रदर्शन गरिएको छ।
महामन्त्री तिमल्सिनाका अनुसार उपत्यकाका त्रिचन्द्र, शंकरदेव, सरस्वती, अश्कल, मिनभवन, आरआर, कोटेश्वर, विश्वभाषा, बालमिकी, केन्द्रीय क्याम्पस कीर्तिपुरलगायत क्याम्पसमा विरोध प्रदर्शन भएको छ । नेविसंघले यो आन्दोलनलाई आफ्ना माग पूरा नहुदासम्म जारी राख्ने जनाएको छ ।