भारतीय प्रधानमन्त्री मोदीले गरे प्रधानमन्त्री ओलीको सफल शल्यक्रियाको कामना

१९ फागुन, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणको कामना गरेका छन् । सोमबार बिहान भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै सफल शल्यक्रिया र साथै शिघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा बुधबार गर्ने तयारी भएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि अस्पतालका विशेषज्ञहरूको सोमबार विशेष बैठक हुने एक चिकित्सकले बताए ।

प्रत्यारोपणकै तयारीका सिलसिलामा आइतबार बिहान ग्रान्डी हस्पिटलमा ओलीको ‘कोलोनोस्कोपी’ गरिएको थियो । गत शनिबार शिक्षण अस्पतालमा प्रत्यारोपण अगाडि आवश्यक पर्ने रगतलगायत विभिन्न परीक्षणहरू गरिएको थियो ।

१२ दिनअघि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा ओलीको एन्जियोग्राफी गरिएको थियो । १९ दिनअघि ग्रान्डीमै ‘बोन डेन्सिटी (हाडको घनत्व परीक्षण) र ‘सिटिस्क्यान’ गरिएको थियो ।

सबै कुरा सामान्य रूपले हुँदै गए मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्रीलाई करिब ५ दिन अस्पतालमा राख्ने तयारी छ । कुनै जटिल स्थिति नहुँदा शिक्षण अस्पतालबाट सामान्यतया ४–५ दिनमै मिर्गौला प्रत्यारोपण गरिएका बिरामीहरूलाई डिस्चार्ज गरिन्छ । विशेष परिस्थितिमा प्रत्यारोपण डेढ महिनासम्म बस्नुपरेको इतिहास छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top