बिजुलीको पोलमा चढ्दा धनकुटामा करेन्ट लागेर १ जनाको मृत्यु

बिजुलीको पोलमा चढ्दा धनकुटामा करेन्ट लागेर १ जनाको मृत्यु

१९ फागुन, धनकुटा । धनकुटा पाख्रिबास ६ फलाटे डढुवामा करेन्ट लागेर एक युवाको ज्यान गएको छ । स्थानीय २६ बर्षीय पबन राईको करेन्ट लागेर मृत्यु भएको हो ।

आइतबार राती राईको घरमा बिजुली नआएको कारण उनि आफै घर नजिकै रहेको बिजुलीको पोलमा गई बनाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्टलागेर घाईते भएका राईको जिल्ला अस्पताल धनकुटामा उपचार गराउने क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.