अमेरिकामा नेपाली भाषालाई थप मान्यता

१९ फागुन, एजेन्सी । अमेरिकामा अहिले नेपाली भाषीहरूको जनसंख्या पाँंच लाख भन्दा बढी रहेको मानिन्छ । तर आधिकारिक रूपमा आंकडा नभएकोले तथा कागजपत्र विहिनहरूको कुनै रेकर्ड नहुने हुनाले यो संख्या पाँच लाखभन्दा बढी नै भएको भन्नेहरू पनि पाईन्छन् ।

नेपालीको जनसंख्या वृद्धीसगसंगै नेपाली भाषालाई मान्यता दिलाउने, नेपाली भाषालाई आधिकारिक भाषाको रूपमा प्रयोगका लागि पहल गर्ने काम शुरू भएका छन् ।

यसै क्रममा केही अमेरिकी राज्यहरूमा नेपाली भाषामा परीक्षा दिन पाईने भएको छ । त्यसैगरी अमेरिकाको १७२ बर्ष पुरानो नेशनल लाईफ जानकारीमूलक रुपले नेपाली भाषामा पहिलोपल्ट प्रकाशित गरेको पुस्तिका अमेरिकाका लागि नेपाली राजदूत ड.अर्जुनकुमार कार्किले एक समारेहका बीच विमोचन गरे । विमोचन पश्चात् उनले यस्तो महत्वपूर्ण कार्यक्रममा सहभागी हुन पाएकोमा खुशी ब्यक्त गरे ।

नेशनल लाईफ ग्रुपका उपाध्यक्ष जेनिफर वारफिल्डले सन् १८४८ मा स्थापित नेशनल लाईफ ग्रुपले नेपाली समुदायलाई महत्व दिंदै नेपाली भाषामा प्रकाशित गरेको बताईन् । सो कम्पनीमा संस्थागत रूपमा प्रवेश गर्ने प्रथम नेपाली अनुभव गिरी हुन् र उनकै पहलमा नेपाली भाषामा प्रकाशन हुन सम्भव भएको हो ।

सो अवसरमा अमेरिकामा नेपाली संगीत तथा नृत्य प्रवर्धन गरिरहेको केसी डान्स सेण्टरका कलाकारहरूले नेपाली नृत्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको शुरूमा तिनै कलाकारहरूले अमेरिका तथा नेपालको राष्ट्रिय गान प्रस्तुत गरेका थिए । सो अवसरमा भिजिट नेपालद्वारा निर्माण गरेको नेपाल प्रबर्धनको भिडियो समेत प्रदर्शन गरिएको थियो । (रासस)

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top