पुरुषको शव फेला

८ चैत ७४, बिहीबार
Share this
717shares

धनुषा, चैत ८
धनुषामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । जनकपुर–ढल्केबर सडकखण्डमा फेला परेको उक्त शवको प्रकृति हेर्दा कुनै सवारी साधनले ठक्कर दिएर मृत्यु भएको र सवारी फरार भएको हुनसक्ने अनुमान गरिएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार फेला परेको शव जनकपुर उपमहानगरपालिका– ९ बस्ने ४८ वर्षीय रेवतीरमणलाल कर्णको रहेको छ ।
बिहान ५:३० बजे सडकमै कर्णको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको गालामा सामान्य चोट बाहेक कतै कुनै घाउचोट छैन ।

मृतकको गालामा चोट देखिएकाले मर्निङवाकमा रहेको बेला कुनै सवारी साधनको ठक्करबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

Advertisement

शवलाई परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top