×

NEPAL TIMES UPDATES

Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026
Playing
के अब शिक्षकले पनि १५ दिनमा पाउने हो तलब ?|| Nepal Times
May 05, 2026
Playing
World News:यु*द्धमा यूएई पिसियो, भारतमा कम्युनिष्ट सकियो, विश्वभरबाट इरानको निन्दा|| Nepal Times
May 05, 2026
Playing
समस्याग्रस्त सहकारीका ऋणीहरूको सूची सार्वजनिक गरिँदै || Nepal Times
May 05, 2026
Playing
बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने|| Nepal Times
May 05, 2026
Playing
मारवाडीले हडपेको धर्मशाला पशुपतिनाथको स्वामित्वमा आयो || Nepal Times
May 05, 2026
Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026

वर्तमान सरकारसंग सम्मृद्ध नेपालको कार्यभार पुरा गरेर देखाउनु बाहेक विकल्प छैनः नारायणकाजी श्रेष्ठ

२१ फाल्गुन २०७६

२१ फागुन, काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्य नारायणकाजी श्रेष्ठले जनादेश प्राप्त सरकारले जनताको चाहाना र आकांक्षा अनुसार काम गरेर देखाउनुको विकल्प नभएको बताएका छन् ।

राष्ट्रियसभा सदस्यको सपथ लिए लगत्तै बुधबार बसेको राष्ट्रियसभा बैठकमा नवनिर्वाचित सदस्यहरुको तर्फबाट मन्तव्य राख्दै उनले वर्तमान सरकारसंग सम्मृद्ध नेपालको कार्यभार पुरा गरेर देखाउनु बाहेक विकल्प नभएको बताएका हुन् । उनले लोकतान्त्रिक शासन व्यवस्था, स्थिर राजनीतिक अवस्था र जनादेश प्राप्त बहुमत प्राप्त सरकार भएकाले सरकारलाई “यताउता” गरेर बहाना देखाउने छुट नभएको बताए ।

Advertisement
Advertisement

उनले “लोकतन्त्र भएन भन्न पाईंदैन । संक्रमणकाल छ संविधान छैन भन्न पाईंदैन । अब बहुमतको सरकार छैन राजनैतिक स्थिरता छैन । राजनैतिक अस्थिरता छ भन्न पाईंदैन र अब हामीले व्यवहारमा सम्मृद्ध नेपालको कार्यभार पुरा गरेर देखाउनु बाहेक यताउता गर्ने ठाउँ छैन ।”

राजनीतिक परिर्वतनलाई सामाजिक आर्थिक क्षेत्रमा रुपान्तरण गरेर व्यवहारमा देखाउनुबाहेक अर्को विकल्प नभएको भन्दै उनी त्यसका लागि सरकारको एक्लो प्रयासले नहुने भएकाले सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिए ।

उनले भने “हामी सबै जुनसुकै पार्टीमा होऔं । सरकारमा होआंै । सत्तारुढ पार्टीमा होआंै वा बाहिर होऔं । सबैको जिम्मेवारी यो देशलाई जुन उद्देश्यले हामीले राजनीतिक परिर्वतन गर्यांै त्यो उद्देश्यलाई राजनीतिक परिर्वतनमा मात्रै सिमित नराख्ने, राजनीतिक उपलब्धिमा मात्रै सिमित नराख्ने त्यसलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्ने र यो देशलाई सम्मृद्ध नेपालमा रुपान्तरण गर्नु हो । व्यवहारमा देखाउनु बाहेक अर्को कुनै विकल्प छैन । यसको जिम्मेवारी मुलत जनादेशले हाम्रो पार्टीको सरकारलाई दिएको छ । सरकारले नै मुख्य जिम्मेबारी पुरा गर्नुपर्छ । ”

उनले अतिक्रमित भुभमाग फिर्ता, लोकतन्त्रको विकास र विकासको आधारभूत विषयमा सत्तापक्ष, विपक्ष लगायत सामाजिक संघ संस्था, नागरिक समाज सबैमिलेर काम गर्नुपर्नेमा जोड दिए । अतिक्रमित भु–भाग फिर्ता गरेर नेपालको भौगोलिक अखण्डताको रक्षा गर्ने, नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाधिनताको रक्षा गर्दै नेपाललाई स्वभिमानी राष्ट्रको रुपमा उभ्याउने सवालमा नेपालका सबै राजनीतिक पार्टी नागरिक समाज र पेशागत शक्ति मिलेर अघि बढ्नुपर्ने बताए । उनले लोकतन्त्रको अभ्यास, रक्षा र विकास तथा प्रतिगतमका सारा अभ्यासलाई असफल पार्न पनि राष्ट्रिय एकता आवश्यक रहेको बताए । उनले विकासका केही आधारभूत विषयमा पनि सबैको सहयोग, सहकार्य र सहमति आवश्यक रहेको बताए । बहुमत प्राप्त सरकार र कमजोर प्रतिपक्षीका आ आफ्नै समस्या रहेको भन्दै उनले निरंकुश हुने खतराबाट सत्तापक्ष र निरपेक्ष विरोध गर्ने चरित्र बाट प्रतिपक्षी दल माथि उठ्न सक्नुपर्ने बताए ।

उनले भने “एउटा समस्या छ । लोकतन्त्रमा जनताले निर्वाचित गरेर सत्ता निर्माण गर्छ । त्यो सत्ताको जिम्मेवारी लोकतन्त्रको रक्षा र विकास गर्नु हुन्छ तर सत्ताको चरित्र थोरै निरंकुश हुने खतरा पैदा हुन्छ । त्यसैले सत्तामा भएकाहरुले त्यसबाट सजग हुनुपर्छ । त्यसबाट आफुलाई बचाउनुपर्छ भने अर्को तर्फ लोकतन्त्रले प्रतिपक्षीलाई रचनात्मक प्रतिपक्षीको भूमिका पूरा गर्न निर्देशित गर्छ तर त्यसको एउटा खतरा हुन्छ । ऊ विरोधवादमा फस्ने खतरा हुन्छ । निरपेक्ष विरोधमा फस्ने खतरा हुन्छ । जे आए पनि विरोध गर्नेमा फस्ने खतरा हुन्छ । यो दुईवटाबाट बच्नु पर्छ । र हामीले राष्ट्रिय मुद्धामा मिलेर जानुपर्ने हुन्छ । त्यसको निम्ति सचेत हुन अनुरोध गर्दछु । ”

राजनीतिक प्रणालीमा परिर्वतन गरेपनि त्यो प्रणालीले माग गरे अनुसार दृष्टिकोण, मुल्य मान्यता, आचार, संस्कृति व्यवहारमा अभ्यास गर्न नसक्दा राजनीतिक प्रणाली कार्यान्वयमा नगई कमजोर हुने भएकाले त्यस तर्फ गम्भीर बन्न पनि उनले सबैलाई अपील गरे ।

उनले भने “परिर्वतित राजनीतिक प्रणालीको सफल र प्रभावकारी ढंगले कार्यान्वयन गर्न राजनीतिलाई सफा गर्ने आन्दोल आवश्यकता छ । लोकतान्त्रिक मुल्य मान्यता अनुसार अगाडि बढ्नुपर्ने आवश्यकता छ । समाजवाद उन्मुख भनेर संविधानले हाम्रो राजनीतिक, सामाजिक, आर्थिक प्रणालीको चरित्रलाई निर्देशित गरेको छ । त्यो अनुसार अगाडि बढ्नुपर्दछ । दृष्टिकोणमा,मुल्य मान्यतामा लोकतान्त्रिक हुनुपर्यो र भ्रष्टिकरणको प्रक्रियाबाट हामीलाई बचाउनुपर्यो । ”

Advertisement
Advertisement

सत्ताको पछाडि र सुविधाको पछाडि लाग्ने काम भए परिर्वर्तित राजनीतिक प्रणालीको लक्ष्य प्राप्ती नहुने उल्लेख गर्दै उनले बैचारिक स्खलन् र भ्रष्टाचारको प्रवृत्तिबाट मुक्त भई लोकतान्त्रिक मुल्य मान्यता, आचरणबाट युक्त भई अगाडि बढ्न आग्रह गरे ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top