×

NEPAL TIMES UPDATES

Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026
Playing
विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो || Nepal Times
May 05, 2026
Playing
के अब शिक्षकले पनि १५ दिनमा पाउने हो तलब ?|| Nepal Times
May 05, 2026
Playing
World News:यु*द्धमा यूएई पिसियो, भारतमा कम्युनिष्ट सकियो, विश्वभरबाट इरानको निन्दा|| Nepal Times
May 05, 2026
Playing
समस्याग्रस्त सहकारीका ऋणीहरूको सूची सार्वजनिक गरिँदै || Nepal Times
May 05, 2026
Playing
बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने|| Nepal Times
May 05, 2026
Playing
मारवाडीले हडपेको धर्मशाला पशुपतिनाथको स्वामित्वमा आयो || Nepal Times
May 05, 2026
Playing
संवैधानिक परिषद् बैठकः अब ४ जनाले गणपूरक, ३ जनाले निर्णय| Nepal Times
May 05, 2026
Playing
Top 15 Afternoon News || May-05-2026 || Nepal Times
May 05, 2026
Playing
सिंहदरबारभित्रको समानान्तर सरकार अन्त्यः ट्रेड युनियनको साँचो खोसियो || Nepal Times
May 05, 2026

कोरोनाविरुद्ध जुट्यो प्रदेश १ सरकार,टाक्स फोर्स र सुरक्षा फौज परिचालन

२१ फाल्गुन २०७६

२१ फागुन, विराटनगर ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिममा राखेपछि केन्द्रीय लगायत तीनै तहका सरकार यसको सचेतना र भविष्यमा आइपर्ने जोखिम कम गर्न लागिपरेका छन् । प्रदेश १ सरकारले पनि कोरोना भाइरस संक्रमितलाई उपचार गर्न २८ शैय्याको आइसोलेसन वार्ड तयार गरेको छ । संक्रमणको आशंका गरिएकालाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्न क्वारेन्टाइनस्थलको पनि खोजी गरिएको छ ।

आशंकित बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न चार वटा अस्पतालमा २८ शैय्याको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य महाशाखाका प्रमुख डा. शुरेश मेहताका अनुसार प्रदेशका ठूला अस्पतालमा २८ शैय्याको आइसोलेसन वार्ड तयार गरिएको हो । विराटनगरस्थित विराट मेडिकल कलेजमा सबै भन्दा बढी १२ वटा आइसोलेसन वार्ड तयार भएको छ । त्यसैगरी धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १०, कोशी अस्पतालमा ५ र नोवेल मेडिकल कलेजमा आईसीयूसहितको आइसोलेसन वार्ड तयार गरिएको छ । विर्तामोडस्थित बीएण्डसी मेडिकल कलेज र मेची अस्पतालमा आइसोलेसन वार्डको तयारी गरिएको छ । कोरोना भाइरसको रोकथाम गर्न आवश्यक तयारीमा प्रदेश सरकार जुटेको डा मेहताले बताए ।

Advertisement
Advertisement

प्रदेश सरकारले आइसोलेसन वार्ड तयार भएका अस्पतालमा चिकित्सकको समूह बनाउने छ । अस्पताल र ल्याबका चिकित्सकलाई विशेष प्रकारको तालिम दिने व्यवस्थासमेत मिलाइएको छ । त्यसैगरी कोशी अस्पतालमा प्रदेश आपतकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । कोरोनाको संक्रमणको सावधानी अपनाउन प्रदेश १ सरकारले सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशक चन्द्रदेव मेहताको संयोजकत्वमा टास्क फोर्स गठन गरेको छ । टास्क फोर्समा ९ सदस्यीय रहेको छ । छिमेकी मुलुक भारत सहित करोना संक्रमण अरु देशमा झन् तीव्र गतिमा फैलिएको भन्दै निर्देशक मेहताले संक्रमणको जोखिमलाई न्युनीकरणका उपायमा लाग्ने विधि तर्फ फोर्स केन्द्रित हुने बताए । उनले प्रदेशमा सम्भावित विरामीको नमूना संकलन तथा सावधानीका लागि चिकित्सकले लगाउने सामाग्री खरिद गर्नेलगायतका काम पनि अघि बढ्ने जानकारी दिए ।

विशेष प्रकारको हेलमेट, पञ्जा, मास्कलगायतका सामाग्री खरिद गर्न सामाजिक विकास मन्त्रालयले बजेटसमेत माग गरिएको छ । कोरोना भित्रिन नदिन नेपालको पूर्वी सीमा नाका काकडभिट्टा, विराटनगरको रानी र इलामको पशुपतिनगर झापाको भद्रपुरमा विषेश निगरानीको थालनी गरिएको मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार यी नाकाबाट नेपाल भित्रिने विदेशी नागरिकलाई नाकामा विशेष निगरानी गरिने छ । त्यसका लागि स्वास्थ्यकर्मीसहितको टोली र त्यसको सहयोगका लागि संयुक्त सुरक्षा फौज परिचालन गरिएको सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिए ।

Advertisement
Advertisement

मन्त्री घिमिरेले प्रवेशद्वारबाट नेपाल भित्रिने विदेशी नागरिकको निगरानी र शंका लागेमा उनीहरुलाई आवश्यक स्वस्थ्य परीक्षण गरिने प्रबन्धसमेत मिलाइएको छ । यद्यपि अन्य कुनै स्थानमा विदेशी पर्यटक छन् कि छैनन् र उनीहरुको स्वास्थ्य कस्तो भनेर निरन्तर निगरानी गरिरहने व्यवस्था गरिएको छ ।

भर्खरको समाचार

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणाली नै ध्वस्त पारेःबालेन

666707698_875077882223921_4422618132601218086_n

सम्बन्धित खबरहरु

Scroll to Top