×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

देवघाटमा राति दाहसंस्कार गर्न नपाइने

२३ फाल्गुन २०७६

२३ फागुन, तनहुँ ।
तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार गर्न रोक लगाउने निर्णय गरेको हो ।

समितिको बिहीबार देवघाट गाउँपालिका–५ मा सम्पन्न बैठकले सो निर्णय गरेको समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए । देवघाटस्थित कालीगण्डकी र त्रिशूली नदीको सङ्गम वेणीमा दाहसंस्कार गर्न देशभरबाट मृत शरीर ल्याउने गरिन्छ ।

Advertisement
Advertisement

उक्त सङ्गममा दैनिक १० भन्दा बढीको दाहसंस्कार गरिन्छ । त्यसमध्ये मासिक कीरब पाँच जनाको रातिमा दाहसंस्कार हुन्छ । काठमाण्डौँको पशुपति आर्यघाटपछि सबैभन्दा धेरै दाहसंस्कार गर्ने घाटका रुपमा देवघाटलाई लिइन्छ ।

केही महिनाअघि देवघाटमा रातिमा दाहसंस्कार गर्न ल्याइएका एक बालक जीवितै भेटिएका थिए । त्यस्तै शङ्कास्पद मृत्यु या हत्याको घटना रातिमा नै दाहसंस्कार गर्न ल्याउने सूचना पाएपछि आफूहरुले धेरैपटक प्रहरीलाई खबरसमेत गरेको अध्यक्ष पौडेलले बताए ।

देवघाटमा दाहसंस्कार गर्न ल्याउने मृतकको सबैभन्दा नजिकको आफन्तले मत्युसम्बन्धी फाराम भर्नुपर्ने हुँदा रातिमा कर्मचारीको व्यवस्थापन गर्न पनि समस्या भइरहेको समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले जानकारी दिए । उनका अनुसार विभिन्न कारणले राति १० बजेपछि बिहान ४ बजेसम्म दाहसंस्कारमा रोक लगाइने निर्णय भएको छ । राति १० बजेपछि घाटमा आइपुग्नेका लागि नदी किनारमा घाट घरको व्यवस्थापन गरिने भएको छ ।

बैठकमा सहभागी तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र चितवनका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टराईले कतिपय शङ्कास्पद मृत्यु हतारहतार रातिमा नै दाहसंस्कार गरिहाल्ने र प्रमाण मेटिने भएका कारण रातिमा दाहसंस्कार गर्न रोक लगाउनु उचित हुने बताए ।

Advertisement

समितिको बैठकले चालू आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमको समीक्षा गरी आगामी आर्थिक वर्षमा सञ्चालन गरिने प्रस्तावित कार्यक्रमलाई अनुमोदन गरि सम्बन्धित मन्त्रालयमा बजेट माग गर्ने निर्णय गरेको छ । सो ५७ औं बैठकले देवघाटधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न धार्मिक परम्परा झल्कने खालको गुरुयोजना निर्माण गर्ने, पर्यटकलाई आकर्षित गर्ने खालको पूर्वाधार निर्माण गर्ने, धार्मिक सम्पदा समेटिने धार्मिक चक्रपथको निर्माण गर्ने तथा देवघाट क्षेत्रमा शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । बैठकले कालीगण्डकी डाइभर्सनको योजनाले तटीय क्षेत्र खास गरी प्रसिद्ध तीर्थस्थल देवघाटको भविष्यमा पनि सङ्कट पर्न सक्ने भएकाले उक्त डाइभर्सन गर्न नहुने तर्फ सङ्घीय सरकारको थप ध्यानाकर्षण गराउने भएको छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top